चितुवाको छालासहित युवक पक्राउ
मङ्गलबार, २९ माघ २०८१, १२ : ५८

कैलाली । चितुवाको छालासहित नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटी बोगटान गाउँपालिका-३ मेल्टा बस्ने २६ वर्षीय नरेश साउद रहेका छन् ।
विशेष सूचनाको आधारमा सोमबार राति सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको अपराध अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका-४ बसपार्कस्थित मिलनसार गेस्ट हाउसमा छापा मारेको थियो । त्यहाँ बसिरहेको अवस्थामा साउदलाई फेला पारी खानतलासी गर्दा उनले झोलाभित्र लुकाई राखेको एक थान चितुवाको छाला प्रहरीले बरामद गरेको थियो ।
प्रहरीका अनुसार टाउको देखि पुच्छरसम्म छालाको ८ फिट २ इन्च लम्बाई र २ फिट २ इन्च चौडाइ रहेको छ । उनलाई पक्राउ गरी मंगलबार थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय धनगढी पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार
-
वीरगञ्जका ५० प्रतिशत मासु पसल अनुमतिबिना सञ्चालन
-
क्लिन हिरो प्रोजेक्टको ठमेल सफाइ अभियान
-
दोलखाका विभिन्न विद्यालयमा कम्प्युटरसहित शैक्षिक सामाग्री सहयोग
-
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु
-
१० बजे १० समाचार : तारकेश्वर जग्गा विवाददेखि विद्या भण्डारीको बढ्दो सक्रियतासम्म