नेपाली कामदारलाई लक्षित गरी मलेसियामा बीमा सम्बन्धी अन्तरक्रिया
मङ्गलबार, २९ माघ २०८१, १२ : ५३
![नेपाली कामदारलाई लक्षित गरी मलेसियामा बीमा सम्बन्धी अन्तरक्रिया](https://npcdn.ratopati.com/media/news/1d9e44b4-2624-44af-9da9-0bb7876deaec_EVpMkNXKTP.jpg)
काठमाडौँ । सन नेपाल लाइफले मलेसियामा बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न गरेको छ । नेपाली कामदारलाई वैदेशिक रोजगार बीमाबारे जानकारी गराउने उद्देश्यले उक्त अन्तरक्रिया कार्यक्रम गरिएको कम्पनीको भनाइ छ ।
कार्यक्रमका प्रमुख अतिथिका रूपमा मलेसियाका लागि नेपाली राजदूत डा. नेत्रप्रसाद तिम्सिना रहेका थिए । साथै, सो अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले आप्रवासी श्रमिकहरूको वित्तीय सुरक्षा, वैदेशिक रोजगार बीमा, दाबी भुक्तानी प्रक्रिया र यसका दीर्घकालीन लाभबारे प्रकाश पारेका थिए ।