दरबारमार्ग क्षेत्रको फुटपाथमा ग्रेनाइट लगाउँदै महानगर (तस्बिरहरू)
मङ्गलबार, २९ माघ २०८१, १२ : ०८
![दरबारमार्ग क्षेत्रको फुटपाथमा ग्रेनाइट लगाउँदै महानगर (तस्बिरहरू)](https://npcdn.ratopati.com/media/news/durbar-marg.-74_q4IY2UPDG8.jpg)
काठमाडौँ महानगरपालिकाले दरबारमार्ग क्षेत्रको फुटपाथमा ग्रेनाइट लगाउन थालेको छ ।
महानगरपालिकाले नारायणहिटी सङ्ग्रहालय अगाडि महानगर प्रहरी वृत्त दरबारमार्ग देखि महेन्द्र सालिकसम्म दुवैतर्फको फुटपाथमा ग्रेनाइट लगाउने भएको हो ।
सो क्षेत्रको फुटपाथ विस्तारको काम सकिएसँगै महानगरले ग्रेनाइट लगाउन काम थालेको हो ।
तस्बिर: नेपाल फोटो लाइब्रेरी