पुँजी वृद्धि प्रस्तावसहित एनआईशी एशिया बैंकको साधारणसभा आह्वान
काठमाडौं । एनआईशी एशिया बैंकको साधारणसभा आह्वान भएको छ । बैंकले आगामी फागुन २२ गते काठमाडौंको भद्राकालीस्थित आर्मी अफिसर्स क्लबमा बस्नेगरी २७ औं साधारणसभा बोलाएको हो । उक्त साधारणसभा उक्त दिन बिहान ९ बजे बस्नेछ ।
बैंकले यसपटक पुँजी वृद्धि गर्ने प्रस्ताव समेत ल्याएको छ । बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव गरेको छ । हाल १४ अर्ब ९१ करोड रुपैयाँ रहेको चुक्ता पुँजीलाई बैंकले अभिमोच्य असञ्चित अग्राधिकार सेयर जारी गरेर १९ अर्ब ९१ करोड रुपैयाँ पुर्याउन लागेको हो ।
त्यस्तै, बैंकले अधिकृत पुँजीलाई पनि १४ अर्ब ९२ करोडबाट बढाएर १९ अर्ब ९२ करोड रुपैयाँ पुर्याउने प्रस्ताव गरेको छ ।
साधारणसभा प्रयोजनको लागि बैंकले फागुन ८ गतेदेखि फागुन २२ गतेसम्मका लागि शेयरधनी किताब खाता बन्द गर्ने जनाएको छ । यसपटक बैंकले लाभांश वितरणको प्रस्ताव गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि मन्त्री श्रेष्ठलाई कार्यवाहक दिएर मुख्यमन्त्री लामा दुबई प्रस्थान
-
एउटा समूहले चोरेको मोबाइल अर्को समूहले लुट्न खोज्दा युवकको हत्या
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा
-
बागमती पुलको बिम चर्किएपछि मर्मत थालियो
-
आफ्नै चिपसेट बनाउँदै ओपनएआई
-
एलिनाको डिभोर्सपछि रचनाले भनिन्– आई लभ यु मेरी दिदी !