एनआईसी एशिया लघुवित्तको साढे चार लाख कित्ता शेयर रूपान्तरण हुँदै
मङ्गलबार, २९ माघ २०८१, ११ : ०६
![एनआईसी एशिया लघुवित्तको साढे चार लाख कित्ता शेयर रूपान्तरण हुँदै](https://npcdn.ratopati.com/media/news/nic-asia-laghubitta_jRowokBHFP.png)
काठमाडौँ । एनआईसी एशिया लघुवित्तको साढे चार लाख कित्ता शेयर साधारण शेयरमा रूपान्तरण हुने भएको छ । कम्पनीको ४ लाख ५७ हजार ८२१ दशमलव ३८ कित्ता शेयर साधारण शेयरमा रूपान्तरण गर्न नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको । यो कुल कायम रहेको शेयरको २.६३ प्रतिशत बराबर हो ।
यो रुपान्तरणसँगै साधारण शेयरको हिस्सा ३४.४४ प्रतिशत पुग्नेछ । अहिले रूपान्तरण हुन लागेको संस्थापक शेयर सबै संस्थापक शेयरधनीलाई संस्थापक शेयरको हिस्साको आधारमा समानुपातिक रूपमा वितरण हुने जनाइएको छ । अहिले एनआईशी एशियाको १ अर्ब ७३ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी छ ।
एनआईसी एशिया बैंकले यसअघि स्वदेशी लघुवित्तलाई आफूमा गाभेको थियो । उक्त लघुवित्तलाई एक्लाएर गर्दा फेरिएको सेयर हिस्सालाई मिलाउन यस्तो रूपान्तरण गर्न लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार उपाध्यायको ‘आमा म आउँदैछु’ कविता सङ्ग्रह विमोचन
-
धम्की नदिन कृष्णमूर्तिलाई पोखराका वडाध्यक्षको चेतावनी
-
सम्बन्धविच्छेदको मुद्दा टुंगिएसँगै एलिनाले लेखिन्– प्रिय विष्णु हाम्रो सम्बन्ध अल्पायु मै पूर्णविराम लाग्यो
-
डोरीलाई सर्प भनेर सन्देश दिनु गलत : रिजाल
-
गायिका एलिना चौहान र विष्णु सापकोटाको सम्बन्धविच्छेद मुद्दा टुंगियो
-
बेलायतमा भुपेन्द्रलाई दोहोरो स्वर्ण