ट्रम्पले भने, ‘प्यालेस्टिनीहरूलाई आफ्नो देशमा राख्न अस्वीकार गर्ने देशहरूको सहयोग रोक्छु’

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाका प्यालेस्टिनीहरूलाई आफ्नो देशमा राख्न अस्वीकार गर्ने देशहरूलाई नयाँ चेतावनी दिएका छन्।उनले भने, ‘यदि ती देशहरूले प्यालेस्टिनीहरूलाई स्थान दिएनन् भने, म उनीहरूको सहयोग बन्द गर्नेछु।’
जोर्डनका नेता राजा अब्दुल्लाह द्वितीय वासिङ्टन डीसी पुगेका छन्। उनले मंगलबार ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्नेछन्। यसैबिच, एक पत्रकारले ओभल अफिसमा राष्ट्रपति ट्रम्पलाई ‘उनले राजा अब्दुल्लाहलाई थप प्यालेस्टिनीहरूलाई स्वीकार गर्न कसरी मनाउनेछन् ?’ भनेर प्रश्न गरेका थिए ।
यसबारे जवाफ दिँदै ट्रम्पले भने, ‘मलाई लाग्छ कि उनी (राजा अब्दुल्लाह) सहमत हुनेछन्, र मलाई लाग्छ अन्य देशहरू पनि यसमा सहमत हुनेछन्। उनीहरू सबै उदार स्वभावका छन्।’
राष्ट्रपति ट्रम्पले फेब्रुअरी ४ मा गाजा पट्टीमा अमेरिकी नियन्त्रणको प्रस्ताव गरेका थिए। उनले अमेरिकाले ’गाजा पट्टीमा काम गर्ने’ बताएका थिए ।
यसअघि ट्रम्पले प्यालेस्टिनीहरूलाई इजिप्ट र जोर्डनमा स्थायी रूपमा ’बसोबास’ गर्नुपर्ने पनि बताएका थिए। यद्यपि, जोर्डन लगायत त्यस क्षेत्रका अन्य देशहरूले ट्रम्पको सुझावमा आपत्ति जनाएका थिए।
यस सन्दर्भमा अर्का पत्रकारले राष्ट्रपति ट्रम्पलाई सोधे– ’यदि जोर्डन र इजिप्टले प्यालेस्टिनीहरूलाई गाजामा राख्न सहमत नभएमा के उनीहरूलाई दिइने सहयोग रोकिनेछ?’ यसको जवाफमा ट्रम्पले भने, ‘हो, यो सम्भव हुन सक्छ । बिलकुल ! किन नहुने? यदि उनीहरूले त्यसो गरेनन् भने, हो, म मद्दत रोक्नेछु।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छत्तीसगढमा भारतीय सुरक्षा बलसँगको भिडन्तमा कम्तीमा १६ माओवादीको मृत्यु
-
पाटनमा एउटामात्र घोडा कुदाएर मनाइयो घोडेजात्रा
-
सबै दलहरुले आफूलाई सुधार गर्दै परिवर्तनका बाँकी काम पूरा गर्नुपर्छ : जनार्दन शर्मा
-
रजनीमिलाका तीन कविता
-
कथावाचनका क्रममा भावुक भए धीरेन्द्र शास्त्रीः रुँदै भने- मैलेजस्तो पीडा कसैले भोग्नु नपरोस्
-
थाइल्याण्ड र म्यान्माका भूकम्प पीडितका लागि सहायता र आश्वासन आउने क्रम जारी