मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय

मस्कको ओपन एआई किन्ने प्रस्ताव अस्वीकार गर्दै अल्टम्यानले दिए ‘एक्स’ किन्ने अफर

मङ्गलबार, २९ माघ २०८१, १० : ५०
मङ्गलबार, २९ माघ २०८१

सान फ्रान्सिस्को । एलन मस्कले नेतृत्व गरेको लगानी समूहले च्याट जिपिटी निर्माता ओपन एआई खरिद गर्ने प्रस्ताव गरेका छन् । वाल स्ट्रिट जर्नलमा प्रकाशित समाचार अनुसार मस्कले ओपन एआई सञ्चालन गर्ने गैरनाफामूलक संस्थालाई ९७.४ अर्ब डलरको प्रस्ताव गरेका हुन् ।

मस्कका वकिल मार्क टोबरअफले ओपन एआईका बोर्ड अफ डाइरेक्टर्ससामु यो प्रस्ताव राखेको जानकारी दिएका छन् । तर, मस्कको प्रस्ताव अस्वीकृत भएको छ ।

‘नो थ्यांक यू, तर हामी ९.७४ अर्ब डलरमा ट्वीटर किन्न सक्छौँ,’ ओपन एआईका प्रमुख साम अल्टम्यानले प्रस्तावको जवाफ दिँदै एक्स (यसअघि ट्वीटर) मा लेखे ।

सन् २०२२ मा ४.४ अर्ब डलरमा एक्स किनेका मस्कले उक्त पोस्टमा जवाफ फर्काएका छन्, ‘ठग’ । मस्कका वकिलले यसबारे थप प्रतिक्रिया दिएका छैनन् । 

राष्ट्रपति डोनाल्ड ट्रम्पको निकट रहेका टेस्लाका मालिक र अल्टम्यानबिच पछिल्लो समय द्वन्द्व उत्कर्षमा रहेको छ । मस्कले सान फ्रान्सिस्कोमा रहेको ओपन एआईविरुद्ध विभिन्न मुद्दाहरु दर्ता गरेका छन् ।

मस्क सन् २०१५ मा ओपन एआईका सह–संस्थापक थिए । तर, उनले सन् २०१८ मा कम्पनी छाडे । त्यसपछि कम्पनी विश्वकै अग्रणी एआई कम्पनी बनेको थियो । मस्कले सन् २०२३ मा आफ्नै एआई स्टार्टअप ‘एक्सआई’ सुरु गरेका थिए ।
एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप