यी काम गर्नुभयो भने राति लाग्नेछ मस्त निद्रा
![यी काम गर्नुभयो भने राति लाग्नेछ मस्त निद्रा](https://npcdn.ratopati.com/media/news/sliping_ftyM3TrWlQ.webp)
काठमाडौँ । हिजोआजको व्यस्त र भागदौडपूर्ण जीवनमा राम्रोसँग निदाउनु चुनौतीपूर्ण बनेको छ । निद्राको कमीले हाम्रो शारीरिक र मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्छ ।
धेरै मानिसहरू रातभरि कोल्टे फेर्दा फेर्दै रात छर्लङ्ग बिताउँछन् । जसले गर्दा बिहान उठ्दा पनि थकित महसुस भइरहन्छ । तपाईँलाई पनि यस्तै समस्या छ । चिन्ता गर्नु पर्दैन । केही सरल उपायहरू अपनाएर तपाईँ राति मस्त गहिरो निदाउन सक्नुहुन्छ ।
किन महत्त्वपूर्ण छ राम्रो निद्रा ?
हाम्रो स्वास्थ्यको लागि खाना र पानी जत्तिकै राम्रो निद्रा पनि महत्त्वपूर्ण छ । निदाएको समयमा शरीर र मनले आराम पाउँछ र अर्को दिनको लागि शरीरलाई तयार पनि गर्छ । पर्याप्त निद्राले हाम्रो एकाग्रता, स्मरण शक्ति र मुडमा सुधार ल्याउँछ । यसले रोग प्रतिरोधात्मक क्षमतालाई पनि बलियो बनाउँछ र रोगहरूसँग लड्ने क्षमता बढाउँछ ।
राम्रो निद्रा पाउन के गर्ने ?
- नियमित समयमा सुत्ने र उठ्ने:
हरेक दिन एउटै समयमा सुत्ने र उठ्ने बानी बसाल्नुहोस् । यसले शरीरको निद्रा चक्रलाई नियमित गर्नेछ ।
- सुत्नुअघि शान्त वातावरण सिर्जना गर्नुहोस्:
सुत्नुअघि कोठा अँध्यारो पार्नुहोस्, आवाज कम गर्नुहोस् र आरामदायी तापक्रम राख्नुहोस् ।
- इलेकट्रोनिक उपकरणहरूबाट टाढा रहनुहोस्:
सुत्नुभन्दा कम्तीमा एक घण्टा अघि मोबाइल, ल्यापटप र टिभी जस्ता इलेकट्रोनिक उपकरणहरू प्रयोग बन्दै गर्नुहोस् ।
- हल्का खाना खानुहोस्:
रातको समयमा भारी खाना खानु हुन्न । सुत्नुभन्दा दुईदेखि तीन घण्टा अगाडि हल्का र सजिलै पच्ने खाना खानुहोस् ।
- व्यायाम:
नियमित व्यायामले निद्राको गुणस्तर सुधार गर्छ । तर, सुत्नुभन्दा ठिक अगाडि भने व्यायाम गर्नु हुन्न ।
- तनाव कम गर्नुहोस्:
तनाव कम गर्न तपाईलें योग गर्ने, ध्यान गर्ने वा सङ्गीत सुन्ने जस्ता कार्य गर्न सक्नुहुन्छ ।
क्याफिन र मदिरा सेवन नगर्नेः सुत्नुअघि क्याफिन र मदिरा सेवन गर्नु हुन्न । यसले पनि निद्रामा खलल पुर्याउँछ ।
बिहान आफैँ कसरी उठ्ने ?
पर्याप्त मात्रामा निदाइयो भने बिहान स्वतः उठ्न सकिन्छ । अलार्मले निद्रा बिर्गाछ । त्यसैले बिहान उठ्नका लागि प्रयोग नगर्नुहोस् । हरेक दिन बिहान घामको किरणसँगै उठ्नुहोस् । उठेर केही बेर घाममा बस्नुहोस् । यसले शरीरलाई उठ्ने समय भएको थाहा दिनेछ ।
यी उपायहरू अपनाएर तपाईँ राती राम्रो मस्त निदाउन सक्नुहुनेछ र बिहान स्वतः उठ्नुहुनेछ । स्वस्थ र खुसी जीवनको लागि पर्याप्त निद्रा लिनु धेरै महत्त्वपूर्ण छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार
-
अन्तर्राष्ट्रिय रेफ्रीको परीक्षामा उत्तीर्ण भइन् कविता
-
महासचिव शंकर पोखरेलका कारण कांग्रेस सशङ्कित !
-
विपिन जोशी रिहाइका लागि भइरहेका पहलबारे संसद्लाई जानकारी गराउन अध्यक्ष केसीको माग
-
जापानी मन्त्रालयका कर्मचारीले संवेदनशील फाइल नै हराएपछि...
-
२० वर्ष पछिसम्म हुनेगरी सूचना प्रणाली बनाउन सुझाव