जग्गा भोगाधिकारमा अड्किँदा चार वर्षदेखि कृषि उपज केन्द्र अलपत्र
![जग्गा भोगाधिकारमा अड्किँदा चार वर्षदेखि कृषि उपज केन्द्र अलपत्र](https://npcdn.ratopati.com/media/news/2-jagga-vogadhirakr-photo-(1)_fJtg4EM5PI.jpg)
बुटवल । पिलवस्तुको वाणगंगा नगरपालिका–११ हतौसामा कृषि उपज संकलन केन्द्र निर्माण प्रक्रियाले गति लिन नसक्दा किसान निराश भएका छन् ।
कपिलवस्तु र अर्घाखाँची जिल्लाका कृषिजन्य बस्तु बिक्री वितरण सहज बनाउन निर्माण गरिने भनिएको उक्त केन्द्र जग्गाको भोगाधिकारको विषयमा अड्किएको हो । प्रत्येक वर्ष यसमा बजेट विनियोजन भए पनि निर्माणको काम भने अघि बढ्न सकेको छैन ।
आर्थिक वर्ष २०७७/०८७ मा संघीय सरकारको सशर्त अनुदानबाट सुरु भएको यो परियोजनाभित्र प्रदेशको कृषि मन्त्रालयले पनि कोल्ड स्टोर निर्माण गर्न बजेट विनियोजन गरेको छ । तर, चार वर्षअघि निर्माण सुरु गरिएको केन्द्र अलपत्र हुँदा स्थानीय किसानमा निराशा पलाएको हो ।
हतौसामा तीन बिघा क्षेत्रफलमा ४२ करोडको लागतमा कृषि उपज संकलन केन्द्र बनाउने योजना अघि बढेको थियो । जहाँ एक हजार ५० टनको कोल्डस्टोर निर्माण गर्ने योजना छ ।
हतौसाका किसान राम विकास थारूले उक्त कृषि उपज केन्द्रमा मंसिर, पुस महिनामा स्टोर गरी अहिले अलि राम्रो मूल्यमा बिक्री गर्ने अपेक्षा राखेका छन् । तर, कृषि उपज केन्द्र सञ्चालन नहुँदा चार नम्बर चोक बुटवलतिर तरकारी पठाउनुपरेको उनले गुनासो गरे । सस्तो भएको काउली कम्तीमा एक महिना कोल्डस्टोरमा राखेर बेच्न सके किसानलाई लाभ हुने उनले बताए ।
केन्द्रका लागि वाणगंगा नगरपालिकाले पर्खाल र सेड निर्माण गरेको थियो । केन्द्र निर्माणका लागि संघीय सरकारको सशर्त अनुदानअन्तर्गत आर्थिक वर्ष २०७७/०७८ मा तीन करोड र २०७८/०७९ का लागि एक करोड रुपैयाँ विनियोजन भएको थियो । त्यसपछि गत वर्ष प्रदेश कृषि मन्त्रालयले ६ करोड बजेट विनियोजन गरेको थियो ।
यो आर्थिक वर्षमा पनि संघीय कृषि मन्त्रालयले ३ करोड ६० लाख र प्रदेशलाई एक करोड बजेट विनियोजन गरेको छ । तर, जग्गा स्वामित्व नभएको भन्दै गत वर्ष संघीय सहरी विकास मन्त्रालयले भवन इकाइ कार्यालयलाई टेन्डर गर्न नमिल्ने प्रदेशलाई जानकारी दिएपछि बजेट फ्रिज भएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले रातोपाटीलाई बताए ।
तर, केन्द्रको जग्गा नगरपालिकाको नाममा ल्याउने गरी प्रक्रिया अन्तिम चरणमा पुगेको उनले दाबी गरे । ‘वातावरणीय प्रभाव मूल्यांकनको काम पनि अन्तिम चरणमा पुगेको छ’, मरासिनीले जग्गाको फाइल कृषि मन्त्रालय पुगेको उल्लेख गर्दै भने, ‘अब छिट्टै नगरपालिकामातहत आउँछ ।’
प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले उक्त जग्गा नगरपालिकाको भएको सिफारिस गरेको पत्र संघबाट केही दिनमा आउने मरासिनीले बताए ।
नगरपालिकाका इन्जिनियर सुरज घिमिरेले यो आर्थिक वर्ष ३ करोड ६० लाख रुपयाँको ठेक्का आह्वान भएको बताए । भने, ‘अब केही दिनमा कसलाई पर्छ थाहा हुन्छ ।’
उक्त बोलपत्र आह्वानमा कम्पाउन्ड वाल निर्माण गर्ने, नाली बनाउने, जमिन सम्याउने र प्रशासनिक भवन पनि निर्माण गर्ने काम उल्लेख छ । उक्त काम यो आर्थिक वर्षमा सक्ने गरी ठेक्का लगाइएको घिमिरेले बताए । प्रदेश सरकारले पनि कोल्ड स्टोर निर्माणका लागि १० करोड रुपैयाँमा दिने प्रक्रिया बढाएको उनले जानकारी दिए । कृषि उपज केन्द्रभित्र कोल्ड स्टोर निर्माण गर्ने प्रदेश सरकारले योजना छ ।
३ बिघा क्षेत्रफलमा निर्माण गर्ने लक्ष्य राखिएको केन्द्रमा होल सेल मार्केटका लागि २ वटा र रिटेल मार्केटका लागि एउटा सेट निर्माण भइसकेका छन् ।
उक्त क्षेत्रका प्रदेश सभा सदस्य विष्णु पन्थीले नयाँ बन्ने आयोजनाका लागि भोगाधिकारको विषय ठिकै भए पनि अघि बढिसकेको आयोजना अलपत्र पार्न नहुने बताए । यस्ता ऐलानी जग्गा धेरै रहेको उल्लेख गर्दै नगरपालिकालाई दिएर छिट्टै निर्माण प्रक्रिया बढाउनुपर्नेमा उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपिन जोशी रिहाइका लागि भइरहेका पहलबारे संसद्लाई जानकारी गराउन अध्यक्ष केसीको माग
-
जापानी मन्त्रालयका कर्मचारीले संवेदनशील फाइल नै हराएपछि...
-
२० वर्ष पछिसम्म हुनेगरी सूचना प्रणाली बनाउन सुझाव
-
डल्लुबाट सुन चोरेको आरोपमा ३ जना पक्राउ
-
नयाँ नेतृत्व छनोटका लागि नयाँ शक्तिमा मतदान हुँदै, को–को छन् प्रतिस्पर्धामा ?
-
नयाँ शक्तिका केन्द्रीय कार्यसमिति सदस्य माओवादी केन्द्रमा प्रवेश