मलोर्का र ओसासुनाले अंक बाँडे
मङ्गलबार, २९ माघ २०८१, ०६ : २१

काठमाडौं । स्पेनिस ला लिगामा मलोर्का र ओसासुनाले बराबरी खेल्दै अंक बाँडेका छन् । सोमबार राती भएको २३ औं चरणको अन्तिम खेलमा यी दुईले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।
मलोर्काका लागि ८१ औं मिनेटमा भेदात मुरीकीले गोल गर्दा ओसासुनाका तर्फबाट अतिरिक्त समय अर्थात् ९४ औं मिनेटमा फ्लेभियन बोयोमोले बराबरी गोल फर्काए । योसँगै दुबैको समान ३१ अंक भएको छ ।
लिगमा २३ औं चरणका खेल सकिंदा ५० अंकसहित रियाल मड्रिड शीर्ष स्थानमा छ भने ४९ अंक बटुलेको एटलेटिको मड्रिड दोस्रो तथा ४८ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको एथ्लेटिक क्लबको भने ४४ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र देउवाबिच भेटवार्ता, मन्त्रिपरिषद् बैठक ६ बजे
-
फोहोर मोजा सुँघ्ने बानीले फोक्सोमा सङ्क्रमण
-
प्रा.डा. खड्क केसीले पाए त्रिविको उपकुलपतिको जिम्मेवारी
-
शिक्षकको आन्दोलनले विद्यार्थी भर्ना अभियान ठप्प
-
दुखेको मुटुलाई हाँसोले पुर्न खोज्ने पात्रको कथा ‘हेल्लो काँशिराम'
-
पर्यटकीय गन्तव्य बन्दै बन्दीपुर, एकै वर्ष दुई लाखले गरे भ्रमण