मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय

नापोलीलाई उछिन्ने विन्दुमा इन्टर मिलान

मङ्गलबार, २९ माघ २०८१, ०६ : ०६
मङ्गलबार, २९ माघ २०८१

काठमाडौं । एटालियन सिरी’एमा इन्टर मिलान शीर्ष स्थानको नापोलीलाई उछिन्ने विन्दुमा पुगेको छ । सोमबार राती भएको खेलमा फायोरेंटिनालाई २-१ ले हराउँदै इन्टरले शीर्ष स्थानको नापोलीसँग अंक दुरी कम गरेको छ । 

पहिलो गोल आत्मघाती उपहार पाएको इन्टरका लागि मार्को अर्नौटोभिकले निर्णायक गोल गरे । २८ औं मिनेटमा मरिन पोंग्रासिकले आत्मघाती गोल गरेपछि दबाबमा आएको फायोरेंटिनाका रोलेन्डो मन्द्रागोराले पहिलो हाफअघि एक गोल गरे । त्यसपछि भने पाहुना टोलीबाट गोल हुन सकेन । 

जितसँगै इन्टरले शीर्ष स्थानको नापोलीसँग अंक दुरी जम्मा एक अंकमा झारेको छ । गोल अन्तरमा नापोली भन्दामाथि रहेको इन्टरले समान खेलबाट ५४ अंक बटुल्दा शीर्ष स्थानको नापोलीको ५५ अंक छ । तेस्रो स्थानको एटलान्टाको भने ५० अंक छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप