गणेशजीको बार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल
![गणेशजीको बार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल](https://rpcdn.ratopati.com/media/albums/today-rashifal_bB2FYgNe49.jpg)
श्री गणेशाय नमः
आज विक्रम संवत २०८१ साल माघ २९ गते, मंगलबार । ईश्वी सन् २०२५ फेव्रुवरी ११ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । माघ शुक्लपक्ष । तिथि–चतुर्दशी, ३० घडी २८ पला, बेलुकी ६ बजेर ५८ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र–तिष्य, ३० घडी १९ पला, बेलुकी ६ बजेर ५४ मिनेट उप्रान्त अष्लेषा । योग–आयुष्मान, ७ घडी ३० पला, बिहान ९ बजेर ४६ मिनेट उप्रान्त सौभाग्य। करण–गर, बिहान ७ बजेर ४० मिनेट उप्रान्त वणिज, बेलुकी ६ बजेर ५८ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–प्रवद्र्ध योग । चन्द्रराशि–कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४६ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ५१ मिनेट । दिनमान २७ घडी ४२ पला ।
आजको बार बेला
बिहान ०६ बजेर ४६ मिनेटसम्म रोग बेला ।
बिहान ६ बजेर ४७ मिनेटदेखि बिहान ८ बजेर १० मिनेटसम्म उद्धेग बेला ।
बिहान ८ बजेर ११ मिनेटदेखि बिहान ९ बजेर ३३ मिनेटसम्म चर बेला ।
बिहान ०९ बजेर ३४ मिनेटदेखि बिहान १० बजेर ५६ मिनेटसम्म लाभ बेला ।
बिहान १० बजेर ५७ मिनेटदेखि बिहान १२ बजेर १९ मिनेटसम्म अमृत बेला ।
मध्यान्ह १२ बजेर २० मिनेटदेखि दिउँसो १ बजेर ४२ मिनेटसम्म काल बेला ।
दिउँसो १ बजेर ४३ मिनेटदेखि दिउँसो ३ बजेर ५ मिनेटसम्म शुभ बेला ।
दिउँसो ४ बजेर ६ मिनेटदेखि बेलुकी ४ बजेर २९ मिनेटसम्म रोग बेला ।
बेलुकी ४ बजेर ३० मिनेटदेखि बेलुकी ७ बजेर २८ मिनेटसम्म काल बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
दिउँसो ३ बजेर ४ मिनेटदेखि बेलुकी ४ बजेर २७ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रम्हा मुहुर्त
बिहान ५ बजेर १० मिनेटदेखि बिहान ५ बजेर ५८ मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।
आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाब पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रो आम्दानी हुनेछ । सामाजिक काममा समय दिनु पर्नेछ भने तपाईंको कामदेखि सबै खुशी हुनेछन् । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले जनताको साथ तथा समर्थन पाउनेछन् । वित्तीय क्षेत्रमा गरिने लगानीबाट नाफा कमाउन सकिनेछ । सवारी साधनको व्यापार व्यावसाय सुरु गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ ।
बृष (इ,ऊ,ए,ओ,वा,वि,वु,वे,वो) गलत लेखाई अथवा गलत बुझाईले आाफ्नो साख गिर्न सक्छ ध्यान दिनुहोला । छोटो तथा रमाइलो यात्राको तय गर्न सकिने भए पनि बढी नै उत्साहित हुन खोज्दा नराम्रो घट्न घट्न सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा लगानी गरे पनि नाफा कमाउन बढी नै समय खर्चनु पर्नेछ । माया प्रेममा मनमुटाव सिर्जना हुने भएपनि अन्तत एक अर्कालाई विश्वास गर्दै अघि बढ्न सकिनेछ ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) धनस्थानमा गोचर गर्ने चन्द्रमाले नयाँ प्रकृतिको व्यवसायमा लगानी गर्दा प्रशस्त धन तथा भौतिक वस्तुहरु जोड्न सकिनेछ । काउन्सेलिङ, मोटिभेसन, सञ्चार पेशा व्यवसायमा समय खर्चिनेहरुका लागी समयले साथ दिनेछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृड हुनेछ । मनपर्ने भोजन, उत्तम बस्त्र तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने हुनाले मन प्रशन्न रहनेछ । लामो समयदेखि भेटघाट नभएका मित्रहरु भेटिने योग रहेकोछ ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) राजनीति तथा कल्याणकारी कामबाट समाजबाट नाम तथा दाम कमाउन सकिनेछ । व्यापार, शेयर बजार तथा उद्योगबाट भनेजस्तो आम्दानी हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदम अघि बढेर नतिजा हात पार्न सकिनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिनेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर लोभ्याउन सकिनेछ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) विदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । स्वदेशमा उत्पादित सामानको व्यापार व्यवसायमा अरुदिन भन्दा अली बढी समय खर्चिनु पर्नेछ । राम्रो संगत तथा अग्रज सल्लाहले कामहहरु समयमा अघि बढ्नेछन् । समयको गति सँगै बढ्न सक्दा प्रतिस्पर्धामा अरुभन्दा अगाडि बढ्न सकिनेछ । प्रशस्त तयारी गरेर महत्वपूर्ण काम शुरु गर्दा राम्रो नतिजा हात लाग्नेछ । प्रेम प्रशङमा रमाउन चाहनेहरुका आज समय राम्रो रहेकोछ ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । खनिज पदार्थ, निर्माण सामाग्री तथा शेयर बजारसँग सम्बन्धीत कामबाट भनेजस्तो आम्दानी हुनेछ । शिक्षा तथा बैकसँग सम्बन्धीत कामबाट भनेजस्तो आम्दानी हुनेछ । प्रणय सम्बन्धमा नजिक हुने समय रहेकोछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । ईच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) शरीरमा घाउ, खटिरा तथा चोटपटकको भय रहनेछ । आफन्तसँगको लेनदेन कारोबारले शत्रुता बढ्नेछ । माया प्रेममा सामान्य मनमुटाव बढ्ने तथा श्रीमान श्रीमतीबीचको सम्बन्धमा उतार चढाब बढ्नेछ । बुवा आमाको स्वास्थ्य बिग्रनाले खर्च बढ्नेछ । समाजसेवा तथा राजनीतिमा जनताको साथ नपाइने हुँदा पद प्राप्तिको योग टरेर जानेछ । प्रविधि तथा सामाजिक सञ्जालको प्रयोग गर्दा ध्यान दिनुहोला ।
बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे आम्दानी हुनेछ । मौषम अनुसारको सामानको व्यापारमा उल्लेख्य बृद्धि हुनेछ । सामाजिक तथा कल्याणकारी काम गरि नाम कमाउन सकिनेछ । धर्म तथा धार्मिक कार्यमा रुची बढ्नेछ । लामो दुरीको धार्मिक वा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । परिवार तथा आफन्तका साथ समय व्यतित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ । नयाँ काम पाउने वा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको ग्रहयोग रहेकोछ ।
धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) पुराना लगानी गरिएका रकमहरु उठ्नाले अन्य क्षेत्रमा लगानी गर्ने बाटो खुल्नेछ । माया प्रेममा एक अर्कालाई केही समय शंका तथा अविश्वास गरेपनि अन्तत विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने समाजसेवामा पनि समय खर्च हुनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ भने विदेशमा बसेर प्राविधिक शिक्षा अध्ध्ययन गर्दै हुनुहुन्छ भने समय फलदायी रहेकोछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा मनमुटाव सिर्जना हुनेछ भने दाम्पत्य जीवनमा चिसोपनाको विकास हुन सक्छ ध्यान दिनुहोला । यात्रामा सोचेजस्तो सफलता पाउन कठिन रहेकोछ । व्यापारमा समय दिन नसक्दा वा ध्यान नदिदा घाटा लाग्न सक्छ । साझेदारी व्यवसाय सकभर आजको दिन सुरु नगर्नु होला । विलाशी वस्तुको प्रयोग गर्न पाइने भएपनि बढि नै उत्साही हुदा नकारात्मक परिणाम देखा पर्नेछ ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) स्वास्थ्यले साथ नदिने हुनाले दौडधुप नगर्नु होला । व्यापारमा भनेजस्तो आम्दानी हुने छैन । न्यायिक निर्णयहरु तपाईंको पक्षमा फैसला नहुन सक्छ । माया प्रेममा अविश्वास धोका हुनेछ । अध्ययनमा मन नजादा वा अल्छि गर्नाले नतिजा अरुले नै हात पार्नेछन् । ऋण, रोग तथा शत्रुको सामाना गर्नुपर्दा मन खिन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट खासै सहयोग पाइने छैन ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) आफ्नो ज्ञानलाई सही समयमा प्रयोग गर्न सकिने हुदा चुनौती पन्छाएर काम बनाउन सकिनेछ । बौद्धिकताको प्रतिस्पर्धामा तपाईंकै जित हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउदा मन प्रफुल्लित हुनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति पाउने योग रहेकोछ । बैंक तथा वित्तीय क्षेत्रसँग पेशाबाट भनेजस्तो लाभ लिन सकिनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
तपाईंको दिन शुभ रहोस्,
–ज्योतिषी दुर्गा प्रसाद भण्डारी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारलाई दण्ड र जरिबानाको तरबार !
-
चितुवाको छालासहित युवक पक्राउ
-
राजदूत वलीलाई गणतन्त्र लाओको पनि जिम्मेवारी
-
नेपाली कामदारलाई लक्षित गरी मलेसियामा बीमा सम्बन्धी अन्तरक्रिया
-
‘सङ्क्रमणकालीन न्याय निरूपणका बाँकी काम शीर्ष तीन नेताको सहमतिबिना अगाडि बढ्न सक्दैन’
-
एसके इनर्जीले सेयर निष्कासन गर्दै, निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त