इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप

काठमाडौं । हमासले इजरायलमाथि गाजा युद्धविराम सम्झौता उल्लंघनको आरोप लगाएको छ । उसले इजरायल सम्झौता उल्लंघनमा उत्रिएको भन्दै आगामी चरणमा इजरायली बन्धकको रिहाई रोक्ने चेतावनी दिएको छ ।
हमासले भनेको छ, ‘उत्तरी गाजामा विस्थापित व्यक्तिहरुको फिर्तीमा ढिलाई हुनु, जागापट्टीको विभिन्न क्षेत्रमा गोलाबारी र सहमती अनुसारको मानवीय सहायताको अनुमति दिन विफल हुनुले सम्झौता उल्लंघन भएको ठहर्छ ।’
यता, इजरायलले भने सेनालाई उच्चतम अलर्टमा राखिएको प्रतिक्रिया दिएको छ । रक्षामन्त्री इजराइल काट्जले आईडीएफलाई गाजाको कुनै पनि सम्भावित परिदृष्यका लागि उच्चस्तरीय तैनाथीको निर्देशन दिएको बताएका छन् । युद्धविरामको सम्झौता अनुरुप पहिलो चरणमा कुल १७ इजरायली बन्धक रिहा हुनपर्ने थियो । जसमा ८ इजरायली मरिसकेको बताइन्छ ।
पछिल्लो रिहाई शनिबार हुने भनिएको थियो । र, अहिलेसम्म रिहा गरिएका इजरायली बन्धकको सट्टा इजरायलले सयौँ प्यालेस्टाइनी कैदीलाई रिहा गरिदिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त
-
संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
-
सुदूरपश्चिममा अडियो काण्ड : फरक दलका नेता मिलेर अनियमितता
-
पूर्वाञ्चल विश्वविद्यालय र प्रडु युनिभर्सिटीबिच शैक्षिक सहकार्यको समझदारीपत्रमा हस्ताक्षर