शुक्रबार, ०२ फागुन २०८१
ताजा लोकप्रिय

बेलबारीमा फागुन १६ गतेदेखि प्रादेशिक ललितकला प्रदर्शनी हुने

सोमबार, २८ माघ २०८१, २१ : १२
सोमबार, २८ माघ २०८१

विराटनगर । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आगामी फागुन १६ गतेदेखि २० गतेसम्म मोरङको बेलबारीमा प्रादेशिक ललितकला प्रदर्शनी गर्ने भएको छ । मोरङको बेलबारी नगरपालिकास्थित तमु बुद्धिष्ट गुम्बामा आयोजना हुने उक्त कार्यक्रममा समसामयिक चित्रकला, परम्परागत चित्रकला, समकायिक मूर्तिकला, परम्परागत मूर्तिकला, हस्तकला, भिडियो तथा फोटोग्राफी, मैथिली, थारु, सन्थाल, राजवंशी, खवास लोककलाहरु, टिपिकल रैथाने कलाहरु प्रदर्शनी हुने जनाएको छ । यस्तै  प्रतिस्थापन कला, वास्तुकला, भाव भङ्गीकलाको समेत प्रदर्शनी हुने आयोजकले जनाएको छ ।

प्रज्ञा प्रतिष्ठानले गत वर्षदेखि प्रादेशिक ललितकला प्रदर्शनी गर्न थालेको हो । गत वर्ष कोशी प्रदेशका १४ जिल्लाका १४६ कलाकारहरूको सहभागिता थियो । त्यसक्रममा राष्ट्रिय कला प्रदर्शनीमा ६० जना कलाकारहरूले विभिन्न कलाका क्षेत्रमा आफ्ना उत्कृष्ट कृतिहरू प्रदर्शन गरेका थिए।

यस पटकको प्रदर्शनीमा १५ हजारभन्दा बढी दर्शकहरू सहभागी हुने लक्ष्य राखिएको छ । प्रादेशिक प्रदर्शनीका लागि संयोजक सञ्जय वान्तावा को संयोजक्त्त्वमा ६१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप