नाबालिगलाई घरेलु कामदार बनाउने एमाले सांसदविरूद्ध मुद्दा नचलाउने सरकारी वकिलको निर्णय
![नाबालिगलाई घरेलु कामदार बनाउने एमाले सांसदविरूद्ध मुद्दा नचलाउने सरकारी वकिलको निर्णय](https://npcdn.ratopati.com/media/news/rekha-sharm2024-09-02-10-35-07_Xa29iWXcT4.jpg)
काठमाडौँ । नाबालिगलाई घरेलु कामदार बनाएको आरोप लागेकी एमाले सांसद रेखाकुमारी शर्माविरूद्ध सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले लुम्बिनी प्रदेशकी सांसद शर्मालाई मुद्दा नचलाउने निर्णय गरेको हो ।
माघ १८ गते जिल्ला न्यायाधिवक्ता सन्ताेषराज कटुवालले मुद्दा नचल्ने निर्णय गरेका हुन्। सोही आधारमा २० गते उच्च सरकारी वकिल कार्यालय पाटनलाई समेत पत्राचार गरेको थियो। उक्त विषयमा सूचना माग गर्ने क्रममा यस्तो जानकारी गराएको हो।
अब यसको अन्तिम निर्णय महान्यायाधिवक्ताको कार्यालयबाट हुने जानकारी समेत सरकारी वकिलको कार्यालयबाट गराइएको हो । उच्च सरकारी वकिलको कार्यालय पाटनले समेत जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले गरेको मुद्दा नचल्ने निर्णयको सदर गर्दै महान्यायाधिवक्ताको कार्यालय पठाइसकेको छ । उच्चले २२ गते निर्णय सदर गर्दै २३ गते महान्यायाधिवक्ताको कार्यालयमा पठाएको हो।
लुम्बिनी प्रदेश सभामा दाङबाट निर्वाचित सांसद शर्माले १४ वर्षीया बालिकालाई ८ वर्षदेखि घरेलु कामदारका रूपमा राख्दै आएको पाइएको थियो । आफूलाई श्रम शोषण गरेको, कुटपिट गरेको भन्दै पीडित बालिकाले काठमाडौँ महानगरमा सम्पर्क गरेकी थिइन् । सोही आधारमा महानगरसहित सरोकारवालाको टोलीले बालिकाको बालुवाटारस्थित शर्माकै घरबाट उद्धार गरेको थियाे ।
परिवारलाई पढाइदिने भन्दै काठमाडौँ ल्याएकी शर्माले बालिकालाई विद्यालयमा भर्ना गरे पनि घरेलु काममा लगाउने, पाइप रडले कुट्ने लगायतका यातना दिने गरेको भन्दै बालिकाको आरोप थियो । बालिकालाई सेफ हाउसमा राखेर सांसद शर्माविरूद्ध गत जेठ ३० गते बालिकामाथि श्रम शोषण तथा दुर्व्यवहार भएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी परेको थियो ।
प्रहरीमा जाहेरी परेपछि निषेधाज्ञाको माग गर्दै शर्मा पाटन उच्च अदालत पुगेकी थिइन्। उच्चले माग दाबी नपुग्ने भन्दै साउन २३ गते रिट खारेज गरेको थियो । भने प्रहरीलाई पक्राउ गरेर अनुसन्धान गर्ने बाटो खुलेको थियो । तर, उनलाई अहिलेसम्म पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीले सकेको थिएन।
लामो समयदेखि प्रहरीले अनुसन्धान अगाडि नबढाएको, मुद्दा अगाडि नबढाउन एमाले नेताहरूबाट चर्को दबाब आएपछि काठमाडौँ महानगरका मेयर बालेन शाहले फेसबुकमार्फत नै चुनौती दिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूची ?
-
स्टील र आल्मुनियममा २५ प्रतिशत आयातकर लगाउने ट्रम्पको घोषणा, अस्ट्रेलियाप्रति नरम
-
दुनाटपरी व्यवसायबाट दैनिक तीन हजारसम्म आम्दानी
-
‘मच्छिन्द्रनाथको रथ बनाउने बेत सहज आपूर्तिको व्यवस्था गर्न अनुरोध’
-
मलोर्का र ओसासुनाले अंक बाँडे
-
पाँच हजार कुखुरापालनमा सुवेदी, मासिक पाँच लाख बचत