भ्रष्टाचार नियन्त्रण गर्न कर्मचारीको तलब भत्ता बढाउनुपर्छ : मुख्यमन्त्री सिंह
![भ्रष्टाचार नियन्त्रण गर्न कर्मचारीको तलब भत्ता बढाउनुपर्छ : मुख्यमन्त्री सिंह](https://npcdn.ratopati.com/media/news/niranjankumarsaha-dhanusha-281739170978270copy_gx9mB46ryA.jpg)
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भ्रष्टाचार नियन्त्रण गर्न कर्मचारीको तलब सुविधा बढाउनुपर्ने बताएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मुख्यमन्त्री सिंहले भ्रष्टाचार नियन्त्रण गर्न सम्बन्धित निकायले कडाइका साथ लाग्नुपर्ने बताएका हुन् । सदाचार, निष्पक्षता र निर्भीकताका साथै भ्रष्टाचार नियन्त्रणमा सबैले भूमिका खेल्नुपर्ने उनको भनाई थियो ।
मुख्यमन्त्री सिंहले शिक्षा, स्वास्थ्य, उद्योग, खानेपानी लगायत प्रत्येक क्षेत्रमा भ्रष्टाचार व्याप्त रहेको र दर्ता नभएकाले राजस्व छल्ने काम गरेकाले ती निकायलाई सरकारको करको दायरामा ल्याउनुपर्ने उल्लेख गरे ।
मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले भ्रष्टाचार नियन्त्रणसम्बन्धी कानुन फितलो भएकाले मुलुकमा भ्रष्टाचार बढेको बताए । महँगी अनुसार कर्मचारीको तलबभत्ता नबढाएसम्म भ्रष्टाचार नियन्त्रण नहुने उनको भनाइ थियो ।
जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले भ्रष्टाचार नियन्त्रणका लागि सामूहिक प्रतिबद्धताको खाँचो रहेको बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका प्रमुख रामबहादुर कुरुवाङले भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा आफ्नो कार्यालयले उल्लेखनीय रूपमा आर्थिक अनियमिततासम्बन्धी मुद्दाको फर्छ्यौट गरेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूची ?
-
स्टील र आल्मुनियममा २५ प्रतिशत आयातकर लगाउने ट्रम्पको घोषणा, अस्ट्रेलियाप्रति नरम
-
दुनाटपरी व्यवसायबाट दैनिक तीन हजारसम्म आम्दानी
-
‘मच्छिन्द्रनाथको रथ बनाउने बेत सहज आपूर्तिको व्यवस्था गर्न अनुरोध’
-
मलोर्का र ओसासुनाले अंक बाँडे
-
पाँच हजार कुखुरापालनमा सुवेदी, मासिक पाँच लाख बचत