भिर माहुरीको मह खाँदा अस्पताल पुगे संगीतकार सुरेश अधिकारी
सोमबार, २८ माघ २०८१, १९ : ४९
![भिर माहुरीको मह खाँदा अस्पताल पुगे संगीतकार सुरेश अधिकारी](https://npcdn.ratopati.com/media/news/suresh-adhikari_RoZxh3RsAq.jpg)
काठमाडौँ । संगीतकार सुरेश अधिकारी अस्पताल भर्ना भएका छन्। अचानक मुटुमा समस्या आएपछि उनलाई ललितपुरका नख्खु स्थित मेडिसिटी अस्पतालमा आज बिहान भर्ना गरिएको हो ।
संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटाले उनलाई अस्पताल भर्ना गरेको जानकारी दिए । सापकोटाका अनुसार अधिकारीले हिजो भिर माहुरीको मह खाएका थिए । सोही कारण उनको स्वास्थ्यमा समस्या देखिएको हो ।
अधिकारीको स्वास्थ्य अहिले सामान्य रहेको छ । अधिकारी संगीत तथा रोयल्टी संकलन समाजका अध्यक्ष समेत हुन् ।