शर्माको रिट खारेज, स्वास्थ्य सचिवमा बगाले कायम
_6fTPK7WY0S.jpg)
पोखरा । गण्डकी प्रदेश सरकारले तालिम केन्द्रको महानिर्देशक बनाएर खटाएपछि अदालत गएका पूर्व स्वास्थ्य सचिव डा. विनोदविन्दु शर्माको रिट खारेज भएको छ । उच्च अदालत पोखराका न्यायाधीशद्वय दीपेन्द्र अधिकारी र उमेश कोइरालाको इजलासले उनको रिट खारेज गर्ने आदेश दिएको हो ।
शर्माले आफू सचिवमै कायम हुनुपर्ने माग सहित रिट दिएका थिए । सरकारले सचिव भएर काम गरिसकेको व्यक्तिलाई घटुवा हुने गरी जिम्मेवारी दिएको आरोप उनको थियो ।
माघ ८ गतेदेखि पटक पटक छलफल र बहस भइसकेपछि अन्ततः उनले दायर गरेको रिट नै खारेज गरिदिएको हो । प्रदेशको मन्त्रिपरिषद् बैठकले लामो समय स्वास्थ्य सचिव भएर काम गरेका शर्मालाई हटाएर संघबाट खटिएका सहसचिव डा. विश्वबन्धु बगालेलाई जिम्मा दिएको हो ।
९ माघमा उमेश कोइरालाको इजलासले अल्पकालीन आदेश दिएको थियो । लगत्तै शर्मा सचिवकै कुर्सीमा बसेर काम गरिरहेका थिए ।
माघ १४ गते दुवै पक्षलाई बोलाएर छलफल गरेपछि पुनः कागजात मगाउने आदेश गरिएको थियो । सोमबार अन्तिम सुनुवाइ गर्दै रिट खारेजीको आदेश दिइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधानमा सुनिश्चित अधिकार महिलाले पाएनन् : मन्त्री सुडी
-
गाउँ नै रित्तिन थालेपछि मान्छे फर्काउन डिठ्ठा गाउँमा नयाँ जुक्ति
-
‘बजेट कार्यान्वयन कमजोर हुँदा अर्थतन्त्रमा गम्भीर असर’
-
नेपालमा पहिलो पटक स्काईवेल पाइलट समिट हुँदै
-
शिक्षकहरूको आन्दोलनले यात्रुलाई सास्ती
-
तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्री राणाको निर्देशन