शुक्रबार, ०२ फागुन २०८१
ताजा लोकप्रिय

नानीमैयाँ दाहालको निधन

सोमबार, २८ माघ २०८१, १९ : ३३
सोमबार, २८ माघ २०८१

काठमाडौँ । निर्दलीय पंचायतकालीन राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन भएको छ । निमोनियाँ रोगले पीडित नानीमैयाँको सोमबार दीर्घायु अस्पताल काठमाडौँमा निधन भएको गोकर्णेश्वर नगरपालिका–६ का पूर्वअध्यक्ष रमेश अर्यालले जानकारी दिए । 

२०३८ सालमा पञ्चायतकालका नानीमैयाँ राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएकी थिइन् । सानैदेखि विद्रोही स्वभावकी नानीमैयाँ २०२९ सालमा तात्कालीन जोरपाटी गाउँ पन्चायतको उपप्रधानपञ्च निर्वाचित भएकी थिइन् ।

नानीमैयाँको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप