मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय

नेपाल लाइफले बोनस सेयर र नगद लाभांश दिने

सोमबार, २८ माघ २०८१, १९ : २३
सोमबार, २८ माघ २०८१

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सको २५औँ वार्षिक साधारण सभा वीरगन्जको पर्सामा सोमबार सम्पन्न भएको छ । यस अवसरमा सञ्चालक समितिका तर्फबाट गोविन्द लाल संघईले प्रस्तुत भएको आ.व.२०८०/८१  को वार्षिक कार्य प्रगति प्रतिवेदन छलफल गरि पारित गरिएको छ ।

लेखा परीक्षकको प्रतिवेदन सहितको आ.व.२०८०/८१ को वासलात, नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गरिएको छ । यस सभाले आ.व. २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको छ । 

साधारण सभाले आ.व. २०८०/८१ को वितरण योग्य मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजी रु. ८,२०,७९,६६,५५४/– को जम्मा २१.०५% ले हुन आउने रकम रु. १,७२,७९,९२,९५९/– लाभांशको रूपमा प्रदान गर्ने जसमा १०% बोनस सेयर र ११.०५% नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशको कर सहित) प्रदान गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप