नेपाल लाइफले बोनस सेयर र नगद लाभांश दिने
![नेपाल लाइफले बोनस सेयर र नगद लाभांश दिने](https://npcdn.ratopati.com/media/news/thumbnail_ss-4_2nC085QHIQ.jpg)
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सको २५औँ वार्षिक साधारण सभा वीरगन्जको पर्सामा सोमबार सम्पन्न भएको छ । यस अवसरमा सञ्चालक समितिका तर्फबाट गोविन्द लाल संघईले प्रस्तुत भएको आ.व.२०८०/८१ को वार्षिक कार्य प्रगति प्रतिवेदन छलफल गरि पारित गरिएको छ ।
लेखा परीक्षकको प्रतिवेदन सहितको आ.व.२०८०/८१ को वासलात, नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गरिएको छ । यस सभाले आ.व. २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको छ ।
साधारण सभाले आ.व. २०८०/८१ को वितरण योग्य मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजी रु. ८,२०,७९,६६,५५४/– को जम्मा २१.०५% ले हुन आउने रकम रु. १,७२,७९,९२,९५९/– लाभांशको रूपमा प्रदान गर्ने जसमा १०% बोनस सेयर र ११.०५% नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशको कर सहित) प्रदान गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।