जनकपुरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न

काठमाडौँ । जनकपुरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न भएको छ । आफ्नो प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न जनकपुरका चालकहरू यस बजाज माइलेज च्याम्पियनमा सहभागी भएका थिए ।
जनकपुरको बाह्र बिघामा सोमबार उक्त कार्यक्रम सम्पन्न भएको थियो । ४०० भन्दा बढीको उपस्थिति रहेको उक्त माइलेज च्याम्पियनमा १०२ जना प्लाटिना राइडरहरुले सहभागिता जनाएका थिए ।
उक्त माइलेज च्याम्पियनमा सहभागी चालकहरूले न्यूनतम लागतमा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्य सहित प्रतिस्पर्धा गरेका थिए । माइलेज च्याम्पियनमा मोहन कुमार महतोले ९३.६ किमी प्रति लिटरको प्रभावशाली प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेका थिए । त्यस्तै ८८.२ किमी प्रति लिटरको प्रदर्शनका साथ सिद्धान्त प्रसिद शाह दोस्रो स्थानमा रहेका थिए भने ८६.४ किमी प्रति लिटरको प्रदर्शन गर्दै राहुल कुमार शाह तेस्रो स्थानमा रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनयुद्ध : भ्रम र वास्तविकता
-
परराष्ट्रमन्त्री राणा जेनेभा प्रस्थान
-
केपी ओली कपको तयारी पूरा, जियानलुइजी बुफोन पनि आउने
-
नक्कली बिरामी देखाएर चन्दा आतंक मच्चाउनेहरूलाई अनुसन्धान गर्न समीक्षाको माग
-
डकेटको शानदार शतक, अस्ट्रेलियासामु विशाल लक्ष्य
-
मोरङमा ‘लाइदिऊँ कि माया टुनामुना पो’ र ‘माया बस्यो है’को छायाङ्कन