मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय

यूकेमा सरिनालाई स्वर्ण

सोमबार, २८ माघ २०८१, १९ : ०४
सोमबार, २८ माघ २०८१

काठमाडौँ । नेपालकी सरिना घलेले डब्लुएमएसी इङ्लिस ओपन च्याम्पियनसिपमा स्वर्ण जितेकी छन् । ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगितामै सरिनाले स्वर्ण जितेकी हुन् ।

इङ्ल्यान्डको क्यानोकस्थित चेस लिजर सेन्टरमा भएको प्रतियोगिताको ट्रेडिसनल वेपन फममा सरिनाले स्वर्ण जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईले जनाएका छन् । तेस्रो डान सरिनाले ९.१ अंक जोडिन् । इङल्यान्डकी एमिली जेन दोस्रो भइन् ।

प्रतियोगितामा करिब ८ सय खेलाडीको सहभागिता रहेको बताइएको छ । अध्यक्ष राईका अनुसार सरिना विगत १ वर्षदेखि युकेमै अध्ययनरत छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप