सहारा क्लबले उत्पादन गरेका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
सोमबार, २८ माघ २०८१, १९ : ००
![सहारा क्लबले उत्पादन गरेका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित](https://npcdn.ratopati.com/media/news/image0_3dZsayz6Ng.jpg)
पोखरा । पोखराको सहारा क्लबले उत्पादन गरेका ६ जना खेलाडी ब्रिगेड ब्वाइज क्लबमा अनुबन्धित भएका छन् । सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा रहेका तेस्रो ब्याचका ६ खेलाडी सोमबार ब्रिगेड ब्वाइजमा अनुबन्धित भएका हुन् ।
विशाल नेपाली, मुकुन्दकुमार निउरे, अभिषेक रानामगर, भागवत चौधरी, सन्तोष शाही र अशोक रेग्मीलाई ब्रिगेड ब्वाइजमा हस्तान्तरण गरिएको क्लबका अध्यक्ष केशवराज बरालले जानकारी दिए । खेलाडीहरूले क्लबको नियमानुसार सुविधा पाउनेछन् । खेलाडीको उत्थानका लागि क्लबले एकेडेमीलाई थप २ लाख सहयोग गरेको छ ।
सहारा एकेडेमीमा हाल चौथो ब्याजका रूपमा ३० जना बालकहरू आश्रित छन् । उनीहरूको शिक्षा, दीक्षा र फुटबल प्रशिक्षण क्लबले उपलब्ध गराउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशजीको बार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल
-
दशौँ राष्ट्रिय खेलकुद : भारात्तोलन र जुडोका खेलाडी छानिए
-
फेरि बढ्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
गर्मी बढेसँगै धरहरा चढ्ने समय बढ्यो
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप