विलियमसनको शतकसामु खेर गयो ब्रिट्ज्केको कीर्तिमानी शतक
![विलियमसनको शतकसामु खेर गयो ब्रिट्ज्केको कीर्तिमानी शतक](https://npcdn.ratopati.com/media/news/ff_zwzzOaQvlq.png)
लाहोर । त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको छ । जितका लागि ३ सय ५ रनको लक्ष्य पाएको न्युजिल्याण्डले ८ बल बाँकी छँदै सो लक्ष्य पछ्यायो ।
न्युजिल्याण्डको जितमा प्रभावशाली खेलाडी केन विलियमसन नायक बने । उनले ११३ बलमा १३३ रनको शानदार इनिङ्स खेले । यस क्रममा उनले १३ चौका र २ छक्का हिर्काए ।
उनलाई डेभन कनवेले राम्रो साथ दिए । उनी शतक बनाउन मात्र ३ रनले चुके । १०७ बलको सामना गर्दै उनले ९ चौका र १ छक्काको मद्दतले ९७ रन बनाए ।
त्यस्तै, ग्लेन फिलिप्सले २८ रन तथा विल योङले १९ रनको योगदान दिए । दक्षिण अफ्रिकाका लागि सेनुरान मुथुसामीले २ तथा इथन बोस्च र जुनियर डालाले १–१ विकेट लिए ।
यसअघि, म्याथ्यू ब्रिट्ज्केको कीर्तिमानी शतकको मद्दतले दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३०४ रन बनाएको थियो । ब्रिट्ज्केले १४८ बलमा १५० रन जोडे । उनले ११ चौका र ५ छक्का हिर्काए । योसँगै डेब्यू खेलमा नै यति धेरै रन बनाउने उनले विश्व कीर्तिमान बनाए ।
वियान मुल्डरले ६४ रन, जेसन स्मिथले ४१ रन तथा कप्तान टेम्बा बाभुमाले २० रनको योगदान दिए । न्युजिल्याण्डका लागि म्याट हेनरी र विल ओ’रोर्कले २–२ विकेट तथा माइकल ब्रेसवेलले १ विकेट लिए ।
शृङ्खलामा न्युजिल्याण्डको यो लगातार दोस्रो जित हो । टोलीले पहिलो खेलमा पाकिस्तानलाई ७८ रनले हराएको थियो । अब तेस्रो खेल बुधबार पाकिस्तान र दक्षिण अफ्रिकाबिच खेलिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दशौँ राष्ट्रिय खेलकुद : भारात्तोलन र जुडोका खेलाडी छानिए
-
फेरि बढ्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
गर्मी बढेसँगै धरहरा चढ्ने समय बढ्यो
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म