त्रिविको नसुध्रिएको पुरानै चाला : कात्तिक २९ मा रिजल्ट आयो, तीन महिनासम्ममा ट्रान्सक्रिप्ट बनेन
![त्रिविको नसुध्रिएको पुरानै चाला : कात्तिक २९ मा रिजल्ट आयो, तीन महिनासम्ममा ट्रान्सक्रिप्ट बनेन](https://npcdn.ratopati.com/media/news/tribhuwan-university_Wy1Rk50CrT.jpg)
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले बेचलर अफ इन्फरमेशन टेक्नोलोजी (बीआईटी) नतिजा प्रकाशन गरेको तीन महिना पुरा भएको छ । गत साउन महिनामा सञ्चालन भएको चार वर्षे स्नातक तह बीआईटी चौथो वर्षको परीक्षाफल कात्तिक २९ गते प्रकाशन गरेको थियो । तर, यसको ट्रान्सक्रिप्टको नमुना भने अझै बन्न सकेको छैन ।
त्रिभुवन विश्वविद्यालयले २०७६ सालमा पहिलो पटक बीआईटी कोर्षको पठनपाठन थालेको थियो । २०८१ मा पास आउट भएका विद्यार्थीहरूलाई कुन खालको ट्रान्सक्रिप्ट दिने हो त्यसको नमुना समेत नबन्दा अहिलेसम्म विद्यार्थीहरूले ट्रान्सक्रिप्ट पाउन सकेका छैनन् ।
चार वर्षे स्नातक तह सकेर खुसी भएका विद्यार्थीहरू ट्रान्सक्रिप्ट नपाएपछि निराश बनेका छन् । ट्रान्सक्रिप्ट नै नपाएपछि थप अध्ययनका लागि विदेश जान खोज्ने विद्यार्थीहरू त्यसबाट वञ्चित भएका छन् ।
त्यस्तै त्रिभुवन विश्वविद्यालयबाट अन्यत्र पढ्न जान चाहने विद्यार्थीहरू समेत पढ्न जान सकेका छैनन् । ‘अस्ट्रेलिया पढ्न जान खोजेको थिए । त्यसका लागि अन्तर्वार्ता थियो । तर, ट्रान्सक्रिप्ट नै नभएपछि अन्तर्वार्ता हुन पाएन । मैले अस्ट्रेलिया जाने अवसर गुमाए,’ एक विद्यार्थीले भने ।
ट्रान्सक्रिप्ट नहुँदा अगाडिको बढाई समेत अगाडि बढाउन नसकिएको ती विद्यार्थीको भनाइ छ । चितवनकी विद्या भण्डारीले ट्रान्सक्रिप्ट नहुँदा केही गर्न नसकिएको बताइन । अहिले घरमै ट्रान्सक्रिप्टको पखाईमा रहेको उनको भनाइ छ ।
चार वर्ष अगाडी कोर्ष सुरु गर्ने बेलामा नै ट्रान्सक्रिप्ट तयार गर्नुपर्नेमा अहिलेसम्म समेत नबनाएको उनको भनाई छ । नतिजा प्रकाशन भएसँगै विद्यार्थीहरू परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेका थिए । तर, त्यहाँका कर्मचारीहरूले १० दिनमा हुन्छ भनेर फर्काइदिएका थिए । त्यसपछि १० दिनपछि विद्यार्थीहरू पुनः पनिका गए । तर, त्यो बेला कर्मचारीहरूले अझै १५ दिन लाग्ने बताएर रित्तो हात फर्काइदिए ।
अहिले केही दिन अगाडि जाँदा २÷३ दिनमा हुन्छ भनेका थिए । तर, अहिलेसम्म केही नभएको भण्डारीको भनाइ छ । परीक्षाफल प्रकाशित भएको ३ महिना भई सक्दा पनि ट्रान्सक्रिप्ट लिन जाँदा पनि अझै मोडल बनेको छैन भनेर फर्काउने काम भइरहेको उनको भनाइ छ ।
त्रिवि अन्तर्गत विभिन्न सातवटा कलेजमा बीआईटी पढाई हुँदै आएको छ । जसअनुसार महेन्द्रनगर कञ्चनपुरको सिद्धनाथ साइन्स क्याम्पस, नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पस, चितवनको वीरेन्द्र बहुमुखी क्याम्पस, पाटनको पाटन बहुमुखी क्याम्पस, ठमेलमा रहेको अमृत साइन्स क्याम्पस, भक्तपुरको भक्तपुर बहुमुखी क्याम्पस र भैरहवाको भैरहवा बहुमुखी क्याम्पस रहेका छन् । जहाँ हरेक वर्ष २०० को हाराहारीमा विद्यार्थीहरू उक्त कोर्स पढ्दै आएका छन् । तर, चौथो वर्ष अर्थात् आठौँ सेमिस्टर पास गरिसकेका विद्यार्थीहरूले भने ट्रान्सक्रिप्ट पाउन नसकेका हुन् ।
ट्रान्सक्रिप्टबारे बुझ्न महेन्द्रनगर, नेपालगन्ज, चितवन लगायतका ठाउँबाट विद्यार्थीहरू बल्खु धाउने गरेका छन् । तर, अझै पनि ट्रान्सक्रिप्ट बन्न सकेको छैन । ट्रान्सक्रिप्ट बन्न ढिलाइ हुनुमा त्रिवि प्राज्ञिक परिषद्बाट पास नहुनु हो । ट्रान्सक्रिप्टको नमुना पटक–पटक पास गराउनका लागि पठाउँदा समेत पास नभएपछि विद्यार्थीहरूलाई ट्रान्सक्रिप्ट वितरणमा ढिलाइ भएको पनिकाले जनाएको छ ।
परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीले हिजो मात्रै प्राज्ञिक परिषद्बाट पास भएको र अबको २÷३ दिनबाट वितरण थालिने बताए । ‘हिजो मात्रै परिषद्बाट पास भएर आएको छ । अब १२ दिन प्रिन्ट गर्न समय लाग्छ । त्यसपछिबाट वितरण गर्छौ,’ जोशीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दशौँ राष्ट्रिय खेलकुद : भारात्तोलन र जुडोका खेलाडी छानिए
-
फेरि बढ्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
गर्मी बढेसँगै धरहरा चढ्ने समय बढ्यो
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म