मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दरबारमार्गको पैदल मार्गमा ग्रेनाइट राख्न सुरु

सोमबार, २८ माघ २०८१, १७ : ३६
सोमबार, २८ माघ २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नारायणहिटी सङ्ग्रहालय अगाडि ग्रेनाइट लगाउने भएको छ । महानगरपालिकाले नारायणहिटी सङ्ग्रहालय अगाडि महानगर प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र सालिकसम्म दुवैतर्फको सडकमा ग्रेनाइट लगाउने भएको हो ।

सो पैदल मार्गको चौडाइ कम्तीमा ३ मिटरदेखि बढीमा ६ मिटरसम्मको हुने महानगरपालिकाले जनाएको छ । अहिले सडकमा ग्रेनाइट राख्नुअघि गिटी र माटो मिसाएर बेस सोलिङ् गरिएको र त्यसभन्दा माथि व्रिक सोलिङ् गरिएको महानगरपालिकाले जनाएको छ । 

durbaramarg1

त्यसभन्दा माथि पीसीसी ढलान र ग्रेनाइट बिछ्याइने जनाउँदै यो १६ एमएमसम्मको हुने महानगरपालिकाको भनाइ छ । आइतबार सो सडकको अनुगमन समितिले गुणस्तर निरीक्षण समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप