बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित, निर्वाचन प्रक्रिया सुरु
_yG9YjJcAyw.jpg)
काठमाडौँ । नेपाल समाजवादी पार्टी(नेसपा नयाँ शक्ति)को काठमाडौँमा जारी बन्दसत्रले संयोजक डा.बाबुराम भट्टराईले पेस गरेको राजनीतिक दस्तावेज र सङ्गठनात्मक प्रतिवेदन पारित गरेको छ । भट्टराईले ‘नयाँ युगको नयाँ कार्यभार : वैकल्पिक राजनीतिको औचित्य र आधार’ सम्बन्धी प्रतिवेदन पेस गरेका थिए ।
सोमबार भट्टराईले पेस गरेको प्रस्तावमाथि १२ समूहमा छलफल भएको थियो । समूहगत छलफलबाट आएका सुझावलाई समेटेर प्रतिवेदन पारित गरेको प्रवक्ता कृष्ण शर्माले जानकारी दिए । शर्माका अनुसार पदाधिकारी, केन्द्रीय समिति सदस्य सङ्ख्या यसअघि विधान अधिवेशनले अनुमोदन गरेको सङ्ख्यालाई नै पारित गरिएको छ । अहिले नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया अगाडि बढेको उनले बताए ।
‘राजनीतिक र साङ्गठनिक प्रतिवेदन केही सुझावसहित सर्वसम्मत रूपमा पारित भएको छ । पदाधिकारी र केन्द्रीय समिति सदस्य विधान अधिवेशनले नै तय गरेको सङ्ख्या अनुमोदन गरेको छ । योसँगै बन्दसत्रले समसामयिक प्रस्ताव पनि पारित गरेको छ’, रातोपाटीसँग उनले भने ।
उनले नेतृत्व छनोट प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट हुने बताए । नयाँ नेतृत्व चयन गरी मङ्गलवार महाधिवेशन सम्पन्न हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान