बाँदर नियन्त्रण र यार्सागुम्बा सङ्कलनमा बालबालिका प्रयोगबारे दुई जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता
![बाँदर नियन्त्रण र यार्सागुम्बा सङ्कलनमा बालबालिका प्रयोगबारे दुई जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता](https://npcdn.ratopati.com/media/news/1-samsad-bhawan_wbcnHVm16q.jpg)
काठमाडौँ । प्रतिनिधिसभामा बाँदर नियन्त्रणका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । कांग्रेस सांसद राजेन्द्र बजगाईँले उक्त प्रस्ताव दर्ता गरेका हुन् ।
प्रस्तावको उदयशमशेर जबरा र सञ्जयकुमार गौतमले समर्थन गरेका छन् । प्रस्तावमा नेपालका ग्रामीण क्षेत्रमा बाँदर र जङ्गली सुँगुर (बँदेल) को बढ्दो समस्या किसानहरूका लागि गम्भीर चिन्ताको विषय बनेको उल्लेख छ ।
त्यस्तै सांसद बजगाईँ र कान्तिका सेजुवालले नेपालका उच्च हिमाली क्षेत्रमा हरेक वर्ष हजारौँ बालबालिकालाई यार्सागुम्बा सङ्कलन गर्न जान बाध्य पारिएकोबारे अर्को प्रस्ताव दर्ता गरेका छन् । जसले गर्दा बालबालिकाहरू शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था, श्रम शोषण र जङ्गली जनवारको सिकार बन्न सक्ने भएकाले यार्सागुम्बा सङ्कलनमा बालबालिका सहभागी हुन नदिन कानुनी प्रतिबन्ध लागू गर्न तथा १८ वर्षमुनिका बालबालिकालाई यार्सागुम्बा सङ्कलन गर्न रोक लगाउन प्रस्ताव गरिएको छ । यो प्रस्तावको समर्थकमा सुरेन्द्रराज आचार्य र चन्दा चौधरी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता