मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

माओवादी केन्द्रीय विभागमा कार्य विभाजन : प्रचण्ड स्कुल, जनार्दन संगठनको कमान्डर

सोमबार, २८ माघ २०८१, १६ : ४६
सोमबार, २८ माघ २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय विभाग र विभागहरूको समूहगत कार्य विभाजन गरेको छ । 

जसअनुसार वैचारिक राजनीतिक क्षेत्र संयोजकको जिम्मेवारी अध्यक्ष प्रचण्ड आफैँले लिएका छन् । जस मातहत रहने पार्टी कुल विभागको प्रमुख आफै बनेर प्रचण्डले प्रचार विभागमा उपाध्यक्ष अग्नि सापकोटा, पुस्तकालय तथा अभिलेख विभागमा गणेशमान पुन, साहित्य कला तथा संस्कृति विभागमा महेश्वर दाहाल र नीति अनुसन्धान विभागमा शक्तिबहादुर बस्नेतलाई प्रमुख बनाएका छन् । 

यसैगरी अन्तर्राष्ट्रिय विभाग प्रमुखमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपप्रमुखमा उपाध्यक्ष पम्फा भुसाल तथा सचिव राम कार्की चयन भएको एक पदाधिकारीले रातोपाटीलाई बताए । 

उनकाअनुसार राज्य व्यवस्था मामिला संयोजकमा उपाध्यक्ष कृष्ण बहादुर महरा बन्दा सो मातहतको राजकीय मामला तथा सुशासन विभागमा रेखा शर्मा, सामान्य प्रशासन विभागमा अमनलाल मोदी, राष्ट्रिय सुरक्षा विभागमा महेन्द्र बहादुर शाही, निर्वाचन विभाग प्रमुखमा खिमलाल देवकोटा, विपद् व्यवस्थापन विभागमा सूर्य सुवेदी, कानुन तथा मानवअधिकार विभागमा मुक्ति प्रधान प्रमुख चयन हुँदा मानव संसाधन तथा सामाजिक क्षेत्रको संयोजकमा अग्नि सापकोटा चयन भएका छन् । जसअन्तर्गतको विधान प्रविधि विभामा गणेश शाह, शिक्षा तथा मानव स्रोत विभागमा माया प्रसाद शर्मा, स्वास्थ्य तथा जनसङ्ख्या विभागमा लेखनाथ दाहाल र युवा तथा खेलकुद विभागमा किरण राई प्रमुख बनेका छन् । 

यसैगरी समावेशी तथा सामाजिक न्याय क्षेत्र संयोजकमा पम्फा भुसाल चयन हुँदा सो मातहतको विभागहरू महिलामा शशी श्रेष्ठ, समाज कल्याणमा सत्य पहाडी, दलित तथा अल्पसङ्ख्यकमा महेश्वर गहतराज, उपभोक्ता हित तथा आपूर्तिमा रामजी बराल प्रमुख चयन भएका छन् । 

यसैगरी संघीय मामिला संयोजकमा महासचिव देव गुरुङ चयन हुँदा सो मातहतको संघीय संसदीय विभागमा हितराज पाण्डे, प्रादेशिक मामिला विभागमा परशुराम तामाङ, स्थानीय तह विभागमा उर्मिला अर्याल चयन हुँदा आर्थिक क्षेत्र संयोजकमा उपमहासचिव वर्षमान पुन चयन भएका छन् । सो मातहतको अर्थ तथा योजना विभागमा पुन नै प्रमुख चयन हुँदा सहकारी तथा गरिबी निवारण विभागमा लीलामणि पोख्रेल, पर्यटन तथा नागरिक उड्डयन विभागमा झक्कुप्रसाद सुवेदी, श्रम रोजगार विभागमा रामेश्वर राय यादव, उद्योग तथा वाणिज्य विभागमा वामदेव क्षेत्री र कोष तथा लेखा विभाग प्रमुखमा डोरप्रसाद उपाध्याय प्रमुख चयन भएका छन् । 

यसैगरी संगठन विभाग प्रमुखमा उपमहासचिव जनार्दन शर्मा चयन हुँदा प्राकृतिक स्रोत व्यवस्थापन क्षेत्रको संयोजकमा शक्तिबहादुर बस्नेत चयन भएका छन् । 

यसैगरी भौतिक पूर्वाधार क्षेत्रको संयोजकमा देवेन्द्र पौडेल तथा सो मातहतको ेभौतिक पूर्वाधार तथा यातायात विभागको प्रमुखमा पूर्ण घर्ती तथा सहरी विकास विभागको प्रमुखमा जगप्रसाद शर्मा प्रमुख चयन भएका छन् । यस्तै बस्नेत संयोजक रहेको प्राकृतिक स्रोत व्यवस्थापन क्षेत्र मातहतको ऊर्जा जलस्रोत विभागमा लीलामणि पोख्रेल र कृषि तथा भूमि सुधार विभागमा हितबहादुर तामाङ प्रमुख चयन भएका छन् । 

यसैगरी जबस–मोचा तथा प्रतिष्ठान समूहतर्फ प्रतिष्ठान समन्वय संयोजकमा महरा, वर्गीय संगठन समन्वय संयोजकमा अग्नि सापकोटा, विशेषाधिकार र पेशागत संगठन समन्वयमा पम्फा भुसाल, पहिचान सम्बन्धित संगठन समन्वयमा देव गुरुङ, उद्योग व्यवसायसँग सम्बन्धित संगठन समन्वयमा वर्षमान पुन, वैचारिक संगठन समन्वयमा जनार्दन शर्मा, युवा विद्यार्थी समन्वयमा शक्ति बस्नेत, सामाजिक तथा सामुदायिक संगठन समन्वयमा देवेन्द्र पौडेल, सहिद बेपत्ता परिवार समन्वयमा हितराज पाण्डे र विशेष जिम्मेवारी भनेर आर्थिक उत्पादन संयन्त्रमा इन्चार्जको रूपमा पूर्व उपराष्ट्रपति पासाङलाई जिम्मेवारी दिइएको छ । 

केन्द्रीय विभागमा कार्य विभाजन गरेर मातहतका कमिटीमा सर्कुलर समेत पठाइसकिएको  माओवादीको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप