गाजा किन्ने भनाइमा अडिग छन् ट्रम्प

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा अमेरिकी स्वामित्वबारे आफ्नो विवादास्पद भनाई पुनः दोहोर्याएका छन् । युद्धले चौपट पारेको गाजालाई किनेर अमेरिकाको बनाउनेमा कुरामा उनी अडिग छन् ।
राष्ट्रपतिको सरकारी विमान एयर फोर्स वनमा पत्रकारहरूसँग बोल्ने क्रममा गाजालाई ‘ठुलो रियल इस्टेट साइट’ ठानिनुपर्ने ट्रम्पले बताए । मध्य पूर्वका अन्य देशहरूले यसको पुनः विकासको काम दिन सकिने उनको भनाइ थियो ।
‘जहाँसम्म हामीले यसलाई बनाउने भन्ने कुरा छ, यसको केही खण्ड बनाउने काम मध्यपूर्वका अन्य देशलाई पनि दिन सकिन्छ; हाम्रो सहयोगमार्फत अरु मान्छेले पनि गर्न सक्छन् ।’
सुपर बाउलमा सहभागी हुन न्यू ओर्लियन्स जाने क्रममा ट्रम्पले भने । तर आफूहरू गाजालाई आफ्नै स्वामित्वमा लिन प्रतिबद्ध रहेको अनि यसलाई लिने अनि हमास फर्केर नआओस् भन्ने सुनिश्चित गर्ने पनि उनले बताए ।
फर्केर आउन गाजामा केही नभएको यो र ध्वस्त भइसकेको ठाउँमा मात्रै भएको पनि उनले बताए । विस्थापित प्यालेष्टिनीहरूले गाजामा फर्केर आउन नरुचाउने पनि उनले भने । जाने ठाउँ नभएकोले गाजाबासीले गाजा फर्किने कुरा गरेको अनि उनीहरूलाई बस्नका लागि सुरक्षित ठाउँ दिइयो भने उनीहरू गाजामा फर्केर नआउने ट्रम्पको जिकिर थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादीको समर्थनमा निकालेको विज्ञप्तिबाट ‘ब्याक’ हुँदै ‘प्रबुद्ध’हरू
-
छत्तीसगढमा भारतीय सुरक्षा बलसँगको भिडन्तमा कम्तीमा १६ माओवादीको मृत्यु
-
पाटनमा एउटामात्र घोडा कुदाएर मनाइयो घोडेजात्रा
-
सबै दलहरुले आफूलाई सुधार गर्दै परिवर्तनका बाँकी काम पूरा गर्नुपर्छ : जनार्दन शर्मा
-
रजनीमिलाका तीन कविता
-
कथावाचनका क्रममा भावुक भए धीरेन्द्र शास्त्रीः रुँदै भने- मैलेजस्तो पीडा कसैले भोग्नु नपरोस्