अध्यादेशबाट देश चलाउने काम निरंकुशताको प्रस्थान बिन्दु : शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अध्यादेशबाट देश चलाउने काम निरंकुशताको प्रस्थान बिन्दु भएको बताएका छन् । सोमबार भक्तपुरमा आयोजित गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति विषयक विचार गोष्ठीमा बोल्दै कोइरालाले संसद्लाई छलेर अध्यादेश ल्याउन जरुरत नै नदेखिएको बताएका हुन् ।
उनले मुलुकको आवश्यकताका आधारमा वर्तमान सरकार गठन भएको भन्दै सरकारलाई सही दिशा दिनका लागि सरकारले गरेका गलत कामहरूलाई बाहिर ल्याउन जरुरी रहेको बताए। कोइरालाले सामाजिक सञ्जाल विधेयक अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध लाउने गरी आएको जिकिर गरे ।
उनले दुई तिहाइको बलमा कांग्रेस–एमालेले मात्रै संविधान संशोधन गर्न नहुने भन्दै यसका लागि माओवादी लगायतका दलसँगको सहमतिका आधारमा अघि बढ्नुपर्ने जिकिर गरे। उनले कांग्रेसलाई अघि बढाउनका लागि व्यक्तिगत स्वार्थ त्याग्नुपर्ने धारणा राखे ।
त्यस्तै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले अहिलेको व्यवस्थालाई थप बलियो बनाउने गरि आवश्यकताका आधारमा संविधान संशोधन हुनुपर्ने बताए । संघीय सांसद, प्रदेश सांसद, मन्त्रीमण्डलको संख्या घटाउने, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर संविधान संशोधन गर्नुपर्ने उनको भनाई थियो ।
त्यस्तै कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेस सभापति शेरबहादुर देउवाको कुनै विचार नै नभएको र पूर्णरूपमा असफल भएको बताइन् । अहिले एमालेले देश हाँकिरहेको र कांग्रेस छायामा परेको उनको टिप्पणी थियो ।
कोइरालाले अब हुने पार्टीको सभापति शेखर कोइराला नै भएको जिकिर गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिम्स्टेकका लागि चेम्बर पदाधिकारी टोली प्रधानमन्त्रीसँगै थाइल्याण्ड प्रस्थान
-
तने बोडीमा अत्यधिक विषादी भेटियो
-
बयान फेर्नेलाई अदालतले चलायो मुद्दा
-
छत्रमान सुब्बाको ‘साहित्यमा उत्तर–चेतको खोजी’ लोकार्पण
-
दुई दिनमा सलमानको ‘सिकन्दर’को कमाई ५० करोड भारु
-
अमेरिकाबाट फर्काइएका भुटानी शरणार्थीलाई बेपत्ता तथा देश निकाला गरिएकोमा आपत्ति