मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फाइनल खेलमा क्याच लिने दर्शक ललितले जिते एक लाख पुरस्कार

सोमबार, २८ माघ २०८१, १६ : २८
सोमबार, २८ माघ २०८१

काठमाडौँ । कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललित ऐरले एक लाख रुपैयाँ नगद पुरस्कार जितेका छन् । 

फाप्ला क्रिकेट मैदानमा सोमबार खेलिएको फाइनल खेलका क्रममा खेलाडीले छक्का प्रहार गरेको बल हावामै समाएर ललितले ब्रेड बक्सको तर्फबाट एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका हुन् ।

ब्रेड बक्सले फाइनल खेलमा खेलाडीले प्रहार गरेको छक्का समात्ने पहिलो दर्शकलाई एक लाख रुपैयाँ पुरस्कार घोषणा गरेको थियो ।  खेलाडीले छक्का प्रहार गरेका अन्य बल समाउने दर्शकलाई पनि जनही १० हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा ब्रेड बक्सले गरेको थियो ।

यसअघि, आइतबार खेलिएको सेमिफाइनल खेलमा पनि खेलाडीले छक्का प्रहार गरेको बल क्याच गर्दै बैतडीका हरिश भाटले ५० हजार रुपैयाँ पुरस्कार पाएका थिए ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ९ का ललित ऐर फाइनल खेल हेर्नका लागि चारजना काकासँगै फाप्ला मैदानमा पुगेका थिए ।  चन्द सुर्य सेकेन्डरी स्कुलमा कक्षा १२ मा पढिरहेका उनले पाएको एक लाख रुपैयाँ पढाइमा लगानी गर्ने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप