शंकर पोखरेललाई कर्ण थापाको जवाफ : जबजले एक वा दुई दलीय व्यवस्था स्विकार्दैन

काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले महासचिव शंकर पोखरेलले वकालत गर्दै आएको दुई दलीय व्यवस्थाप्रति संकेत गर्दै जनताको बहुदलीय जनवादले एक दलीय, दुई दलीय वा दलविहीन व्यवस्थालाई स्विकार्न नसक्ने बताएका छन् ।
महासचिव पोखरेलले राजनीतिक स्थायित्वका लागि भन्दै दुई दलीय व्यवस्थाको वकालत गर्दै आएका छन् ।
पोखरेललाई संकेत गर्दै नेता थापाले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘जनताको बहुदलीय जनवादले एक दलीय, दुई दलीय वा दलविहीन व्यवस्थालाई स्विकार्दैन ।’
उनले समाजमा रहेको बहुलतालाई स्विकार्दै वर्गस्थितिका आधारमा बनेका दलहरूका बिचको प्रतिस्पर्धाबाट श्रेष्ठता साबित गर्ने राजनीतिक मान्यतालाई आत्मसात् गर्ने भन्दै दलहरूले जनविश्वास प्राप्त गर्न जनतालाई अपिलसम्म गर्न सक्ने बताएका छन् ।
‘जनता नै अन्तिम निर्णायक शक्ति हुन् जसले दलहरूको स्थान तोकिदिन्छन्’, थापाले भनेका छन्, ‘जबजको मान्यता अनुसार जनवादी राज्य सत्ता हुँदै समाजवादको विकासको अन्तिम चरणसम्म पुग्दा पनि यस मान्यतालाई राज्य व्यवस्थामा पालना गरिनेछ ।’ यसै राजनीतिक प्रतिबद्धताले जबजलाई नेपाली क्रान्तिको मौलिक र विशिष्ट सिद्धान्त बनाएको दाबी गर्दै थापाले सोही कारणले जनताले जबजप्रति व्यापक समर्थन प्राप्त भएको बताएका छन् ।
‘एमालेको सम्पूर्ण पङ्क्ति जबजको मार्गदर्शनमा चल्नु पर्दछ । पाँचौँ राष्ट्रिय महाधिवेशनदेखि दशौँ राष्ट्रिय महाधिवेशनको फैसलालाई आत्मसात् गर्नु पर्दछ । कुनै पनि तहको व्यक्तिमा अस्पष्टता छ भने कमिटीमा व्यापक बहस गरिनु पर्दछ’, थापाले भनेका छन्, ‘ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोण जबजको दार्शनिक मान्यता भएकाले आत्मिक नेतृत्वको मान्यतालाई स्विकार्ने कुराको त कल्पना पनि गर्न सकिँदैन । सबै स्पष्ट हौ, जबजको मान्यतालाई कसिलो गरी समातौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार
-
वीरगञ्जका ५० प्रतिशत मासु पसल अनुमतिबिना सञ्चालन
-
क्लिन हिरो प्रोजेक्टको ठमेल सफाइ अभियान
-
दोलखाका विभिन्न विद्यालयमा कम्प्युटरसहित शैक्षिक सामाग्री सहयोग
-
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु