खेलकुद पत्रकार मञ्चद्वारा दुई पत्रकारलाई ‘अग्रज तथा अनुज सम्मान’ प्रदान

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्चले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत दुई खेल पत्रकारलाई सम्मान गरेको छ । मञ्चले सोमबार ललितपुरमा आयोजित एक कार्यक्रमबिच ‘एनएसजेएफ जर्नालिजम अवार्ड’ र ‘सुमन भोमजन मेमोरियल युथ स्पोर्ट जर्नालिस्ट अवार्ड’ बाट दुईजना खेल पत्रकारलाई सम्मान गरेको हो ।
मञ्चले ‘अग्रज तथा अनुज खेल पत्रकार सम्मान कार्यक्रम’ मार्फत श्रीविक्रम भण्डारी र विनयज्योति सापकोटालाई सम्मान गरेको हो । अग्रज खेल पत्रकारका रुपमा श्रीविक्रम भण्डारीलाई ‘एनएसजेएफ जर्नालिजम अवार्ड’ प्रदान गरियो ।
करिब चार दशकदेखि निरन्तर खेलकुद पत्रकारीता गर्दै आएका भण्डारी हाल ‘मेरोखेलडटकम’ का प्रधानसम्पादक हुन् । उनी नेपाल खेलकुद पत्रकार मञ्चको संस्थापकमध्ये पनि एक हुन् ।
यसैगरी, अनुज खेल पत्रकारका रुपमा विनयज्योति सापकोटालाई ‘सुमन भोमजन मेमोरियल युथ स्पोर्ट जर्नालिस्ट अवार्ड’ प्रदान गरियो । खेल पत्रकार सुमन भोमजनको स्मृतिमा यो पुरस्कार स्थापना गरिएको हो । २०७२ सालमा गएको विनाशकारी भूकम्पमा परी खेल पत्रकार सुमन भोमजनको निधन भएको थियो ।
सम्मानित युवा खेल पत्रकार सापकोटा हाल कान्तिपुर टेलिभिजनमा कार्यरत छन् । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, वागमती प्रदेश खेलकुद परिषद्का सदस्य रवी महर्जनलगायतले सम्मानित पत्रकारद्वयलाई सम्मानपत्र, नगद पुरस्कार र उपहार प्रदान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार
-
वीरगञ्जका ५० प्रतिशत मासु पसल अनुमतिबिना सञ्चालन
-
क्लिन हिरो प्रोजेक्टको ठमेल सफाइ अभियान
-
दोलखाका विभिन्न विद्यालयमा कम्प्युटरसहित शैक्षिक सामाग्री सहयोग
-
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु