आप्रवासी लखेट्ने ट्रम्पको नीतिले अमेरिकी आर्थिक वृद्धिदर खुम्च्याउने चेतावनी
![आप्रवासी लखेट्ने ट्रम्पको नीतिले अमेरिकी आर्थिक वृद्धिदर खुम्च्याउने चेतावनी](https://npcdn.ratopati.com/media/news/trump-new_L1H4Q2XyXg.jpg)
वासिङ्टन डीसी । ह्वाइट हाउसमा फर्किएलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फूल एक्सनमा देखिएका छन् । चुनावी अभियानमा वाचा गरेअनुरुप उनले अमेरिकाभरबाट अवैध रूपमा बसिरहेका आप्रवासीहरूलाई खोजी खोजी देश निकाला गरिरहेका छन् । उनको यस कदमले अमेरिकी आर्थिक र कार्य बलको वृद्धिमा नकारात्मक असर गर्ने गोल्डम्यान श्याख्स ग्रुप इंकका अर्थशास्त्रीहरूले चेतावनी दिएका छन् । यसले महँगीमा पनि केही सीमित असर पार्न सक्ने बताइएको छ ।
सोमबार प्रकाशित अनुसन्धान नोटका अनुसार ट्रम्पको पछिल्लो कदमका कारण अमेरिकाबाट वर्षमा ७ लाख ५० हजार खुद आप्रवासी घट्नेछन् र फलतः यस वर्ष सम्भावित आर्थिक वृद्धिदर शून्य दशमलव ३ देखि शून्य दशमलव ४ प्रतिशतले खुम्च्याउनेछ । गएको वर्ष अमेरिकामा २८ लाख मानिसहरू बसाई सरेर आएको जनगणना विभागको तथ्यांकले देखाएको थियो । वर्षमा ५ लाख अवैध आप्रवासीहरूलाई डिपोर्ट गर्दा आश्रय खोज्दै आउने र अन्य प्रवेशीहरूको संख्या पनि घट्ने विश्लेषण गरिएको छ । ट्रम्पले वाचा गरेअनुसार अवैध आप्रवासीमाथि कारबाही गरिरहेका छन् । त्यस्ता मानिसलाई पक्राउ गर्ने र देश निकाला गर्ने काम पनि गरिरहेका छन् ।
ट्रम्पले समातेर निकालिदिने हो कि भन्ने भयका कारण अवैध आप्रवासीहरू काममा जान डराइरहेका छन् । रोजगारदाताहरूले पनि त्यस्ता व्यक्तिलाई काममा राख्न छाडेका छन् । यसको आर्थिक परिणति निकै गम्भीर हुने नोटमा विश्लेषक जान हाट्जिउसले भनेका छन् । समग्रमा यसले महँगीमा पार्ने प्रभाव चाहिँ सीमित हुने बताइएको छ । अमेरिकाको कूल कार्य बलमा करिब ५ प्रतिशत अवैध आप्रवासी छन् । केही उद्योगमा त कूल मध्ये २० प्रतिशतले यस्ता कर्मचारी भएको गोल्डम्यानको अनुमान छ । एक्कासि यी कामदारहरू गुमाउनु पर्दा यसले कयौं उद्योगमा विघटनकारी असर गर्ने विश्लेषकहरूले नोटमा लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता