विद्यालयमा प्रयोग भएका सवारीसाधनको अनुगमन हुनुपर्छ : सांसद केसी
सोमबार, २८ माघ २०८१, १५ : १४
![विद्यालयमा प्रयोग भएका सवारीसाधनको अनुगमन हुनुपर्छ : सांसद केसी](https://npcdn.ratopati.com/media/news/rajendra-kc1_sXGapwsMFo.jpg)
काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले विद्यालयमा प्रयोग भएका सवारीसाधनको अनुगमन हुनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आकस्मिक समयमा सांसद केसीले आइतबार दक्षिणकाली नगरपालिका–३ भन्ज्याङ्मा भएको विद्यालय बस दुर्घटनाको प्रसङ्ग उल्लेख गर्दै ग्रामीण क्षेत्रका विद्यालयमा प्रयोग हुने सवारीसाधनको अवस्था जाँच गर्न सभामुख देवराज घिमिरेमार्फत सम्बन्धीत मन्त्रालयको ध्यानार्कषण गराए । उनले उक्त दुर्घटनामा घाइते भएका ३५ विद्यार्थीको निःशुल्क उपचार गर्न आग्रह गरे ।
“विशेषतः ग्रामिण क्षेत्रका विद्यालयमा पुुराना सवारीसाधन प्रयोग भएको पाइएको छ । थोत्रो भएपछि चलाउँदा पनि त्यसको जाँच र अनुगमन हुँदैन”, सांसद केसीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कपीराइट उल्लंघन सामान्य अपराध होइन’
-
अब अबुधाबीबाट पनि श्रम स्वीकृति
-
मोदी र ट्रम्पबिच भेट : मुम्बई आक्रमणका आरोपी राणा भारत सुपुर्दगी गरिने
-
आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै
-
कीर्तिमानहरूको ओइरो लागेको र अस्ट्रेलियाले पहिलोपटक उपाधि कुम्ल्याएको पाँचौँ संस्करण
-
नेपाल र भारतबीच उच्च क्षमताका थप प्रसारण लाइन निर्माण गर्ने सहमति