सरकारले ल्याएको अध्यादेशको विरोध गर्नुको कुनै औचित्य छैन : सांसद श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद किरणबाबु श्रेष्ठले सरकारले ल्याएको अध्यादेशको विरोध गर्नुको कुनै औचित्य नरहेको बताएका छन् ।
आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै श्रेष्ठले अहिले सरकारले ल्याएको अध्यादेशको विषयमा सबैतिर चर्चा रहेको बताएका हुन् ।
उनले संविधानको व्यवस्थालाई नजरअन्दाज गरेर अध्यादेश नल्याइएको बताए । उनले संविधानअन्तर्गत नै रहेर सरकारले ६ वटा अध्यादेश जारी गरेको र विरोध गर्नु प्रतिपक्षको स्वभाव भएको बताए । उनले सामाजिक सञ्जाल नियमन गर्न जरुरी रहेको बताए ।
उनले भने, ‘सबै सरकारले यस्ता अध्यादेश ल्याएका छन् । प्रजातान्त्रिक मुलुकको अन्तर्राष्ट्रिय अभ्यास हेर्दा पनि अध्यादेश ल्याएका छन् । संविधानअन्तर्गत नै रहेर सरकारले ६ वटा अध्यादेश जारी गरेको छ । कुनै पनि अध्यादेश निर्विकल्प, सर्वसम्मत भएको कतै पनि पाएका छैनौँ ।’ उनले कुनै पनि अध्यादेश निर्विकल्प र सर्वसम्मत नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार
-
वीरगञ्जका ५० प्रतिशत मासु पसल अनुमतिबिना सञ्चालन
-
क्लिन हिरो प्रोजेक्टको ठमेल सफाइ अभियान
-
दोलखाका विभिन्न विद्यालयमा कम्प्युटरसहित शैक्षिक सामाग्री सहयोग
-
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु
-
१० बजे १० समाचार : तारकेश्वर जग्गा विवाददेखि विद्या भण्डारीको बढ्दो सक्रियतासम्म