जातीय विभेदविरुद्ध ठोस कानुन बनाउन माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले जातीय विभेदविरुद्ध ठोस कानुन बनाउन माग गरेका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा बोल्दै उनले राजनीतिक दलप्रति आफूहरूको विश्वास टुटिसकेको भन्दै राज्य नै संविधान नमान्ने र अन्यायमा उत्रिएको बताए ।
‘राज्य यो संविधान मान्दैन । राज्यले अन्याय गर्छ । राजनीतिक पार्टीसँग त हाम्रो विश्वास टुटिसक्यो’, उनले भने, ‘यो सदनमा हरेक वर्ष दलितमाथि हुने जातीय विभेदको विरुद्ध सरकारलाई ठोस कानुन बनाएर अघि बढ्न म आग्रह गर्छु ।’
हरेक वर्ष अन्तरजातीय विवाह गरेको र प्रेम गरेकै कारण उठिबास लगाउने काम भइरहेको परियारको भनाइ छ । त्यस्तै अर्का सांसद शिव नेपालीले सर्लाहीका अन्तर्जातीय विवाह गरेका जोडीले सत्ता र शक्तिको दुरुपयोग भोग्नुपरेको बताए ।
‘शक्तिको दुरुपयोग सत्ताको कुर्सीमा पुगेपछि कसरी हुँदो रहेछ भन्ने कुरा सत्येन्द्र र नेहा रौनियारको घट्नाले छर्लङ्ग हुन्छ’, नेपालीले भने– ‘सरकार र गृहमन्त्रीले दलित समुदायप्रति गरेको ज्यादती तीन करोड नेपालीले हेरिरहेका छन् ।’
उनले प्रेम विवाह गरेकै कारण सत्येन्द्रको घर रित्तो बनेको भन्दै सत्येन्द्रकी आमालाई समेत बालविवाहको धाक धम्कीका कारण घरबाटै विस्थापित हुनुपर्ने कस्तो नियति हो भन्दै प्रश्न गरे । उनले जात, धर्म र वर्गलाई अस्वीकार गर्दै सर्लाहीको जोडीले आफ्नो विवाहलाई वैद्य बनाए पनि दलित युवक भएकै कारण शक्तिका आडमा कांग्रेस निकट उनका बुबा सुरेन्द्र रौनियारले सत्येन्द्रको परिवार नै बिचल्लीमा पार्नु गम्भीर विषय भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते
-
‘राजसंस्थाको रेल छुटिसकेको छ अब कहिल्यै फर्किंदैन’