बालेन शाहलाई अमरेशको चुनौती : हिम्मत भए बालुवाटार र शीतल निवास भत्काएर देखाऊ

काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कवाडीमाथि डोजर चलाएर हिट्लर शैली अपनाएको भन्दै हिम्मत भए शीतल निवास र सिंहदरबार भत्काएर देखाउन चुनौती दिएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद सिंहले मेयर शाहलाई यस्तो चुनौती दिएका हुन् ।
‘काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले हिट्लरको शैलीमा हिजो माघ २७ गते ११ बजे कवाडीमाथि डोजर चलाएर मजदुरहरूलाई घाइते बनाए’, उनले भने, ‘ घाइते हुने मजदुरमा मुस्लिम पनि छन्, दलित पनि छन्, मधेसी पनि छन् ।’
उनले गरिब जनतामाथि डोजर चलाउने बालेनलाई चुनौती दिँदै हिम्मत भए सिंहदरबार र शीतलनिवास भत्काउन चुनौती दिए । ‘म बालेन साहलाई च्यालेञ्ज गर्छु हिम्मत छ भने संसद् भवन भत्काएर देखाऊ । हिम्मत छ भने सिंहदरबार भत्काएर देखाऊ । हिम्मत छ भने रामशाहपथको सर्वोच्च अदालत भत्काएर देखाऊ । हिम्मत भए बालुवाटार र शीतलनिवास भत्काएर देखाऊ’, उनले भने, ‘काठमाडौँका मेयरको नाजीवाद शैली चल्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपप्रधानमन्त्री सिंहले गरे कीर्तिपुरस्थित क्रिकेट स्टेडियमको छड्के अनुगमन
-
मधेस सरकारले सर्वोच्चलाई झुक्याउँदै सांसदलाई बाँड्यो अर्बौं रकम
-
प्यालेस्टाइनमाथि इजरायली आक्रमणको विरोधमा प्रदर्शन
-
सुशासन र आर्थिक विकासका लागि माओवादीलाई मधेशी जनताले साथ दिनुपर्छ – प्रचण्ड
-
रास्वपाले तोक्यो प्रदेश इन्चार्ज, को कहाँ ?
-
सातै प्रदेशका उपसभामुखलाई मुख्यमन्त्री सिंहले गरे स्वागत