फ्रान्स र अमेरिका भ्रमणमा निस्किए मोदी

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फ्रान्सको भ्रमणमा निस्किएका छन् । फेब्रुअरी १० देखि १४ सम्म उनी विदेश भ्रमणमा हुनेछन् । यस अवधिमा उनले १० फेब्रुअरी देखि १२ फेब्रुअरीसम्म फ्रान्समा रहनेछन् । १२ देखि १४ फेब्रुअरीसम्म अमेरिकाको भ्रमण गर्नेछन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न आफू निकै उत्साहित रहेको र उनको पहिलो कार्यकालमा ट्रम्पसँग काम गर्दाको राम्रो अनुभव भएको जानुअघि मोदीले भनेका थिए ।
आफ्नो भ्रमणलाई भारत–अमेरिका सम्बन्धलाई सुदृढ पार्ने महत्त्वपूर्ण अवसरको रूपमा उनले वर्णन गरेका थिए । मोदी आज साँझ फ्रान्स पुग्नेछन् । यो उनको छैटौँ फ्रान्स भ्रमण हुनेछ । तेस्रो पटक प्रधानमन्त्री बनेपछि उनी पहिलो पटक फ्रान्स जाँदैछन् ।
यसअघि २०२३ मा राष्ट्रिय दिवस (बास्तिल डे) को कार्यक्रममा भाग लिन उनी फ्रान्स गएका थिए । ११ फेब्रुअरी मा प्रधानमन्त्रीले पेरिसको ग्रान्ड प्यालेसमा राष्ट्रपति इम्यानुएल म्याक्रोसँग आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एक्सन समिट २०२५ को सह–अध्यक्षता गर्नेछन् ।
यो शिखर सम्मेलन २०२३ मा बेलायतमा र २०२४ मा दक्षिण कोरियामा आयोजना गरिएको थियो । शिखर सम्मेलनमा एआईको जिम्मेवार प्रयोगको बारेमा छलफल गरिनेछ । सो सम्मेलनमा विश्वव्यापी राजनीतिको बारेमा पनि छलफल हुनसक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा