अमेरिकाको आप्रवासी नीति र यूएसएड कटौतीमा पोपको सहयोगीले गरे चिन्ता

वासिङ्टन डीसी । पोप फ्रान्सिसका आप्रवासन तथा विकास मामिला प्रमुख कार्डिनल माइकल चेर्नीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको आप्रवासीमाथिको दमन र युएसएडको बजेट कटौतीप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।
अमेरिकी सरकारलाई क्रिश्चियन मूल्य मान्यता अपनाउन र खाँचोमा परेकाहरूलाई सहयोग गर्न उनले अपिल पनि गरे । नयाँ अमेरिकी नीतिहरूले आप्रवासीमा डर सिर्जना गरिरहेको र चर्चद्वारा सञ्चालित महत्त्वपूर्ण सहायता कार्यक्रमहरूलाई जोखिममा पारिरहेको भ्याटिकनको आप्रवासन, वातावरणीय र चर्च सहायता संस्थाहरू जस्तै क्यारिटास इन्टरनेशनलिसका प्रमुख कार्डिनल चेर्नीले भने ।
यूएसएड कटौतीका कारण सङ्कट
यूएसएड अमेरिकाको अग्रणी अन्तर्राष्ट्रिय मानवीय तथा विकास एजेन्सी हो । २०२३ मा यसले विश्वभर ४० अर्ब डलरभन्दा बढी सहायता वितरण गरेको थियो । तर ट्रम्प प्रशासन र यसका सहयोगी खर्बपति व्यापारी एलन मस्कले एजेन्सीमाथि कडा आलोचना गरेका छन् ।
अचानक कोष कटौतीले गर्दा विश्वभर यूएसएडका अधिकांश कार्यक्रमहरू रोकिएका छन् । यद्यपि, शुक्रवार एक सङ्घीय न्यायाधीशले ती कटौतीहरूलाई अस्थायी रूपमा रोक लगाए । यूएसएडको सबैभन्दा ठुलो गैर–सरकारी लाभार्थीहरू मध्ये एक, क्याथोलिक राहत सेवाले पहिले नै यी कटौतीहरूमा चिन्ता व्यक्त गरिसकेको छ ।
सरकारलाई आफ्नो बजेट समीक्षा गर्ने अधिकार भएको तर सहायता अचानक बन्द गर्दा गरिब र दरिद्रहरूलाई नराम्रो असर पर्ने चेर्नीको भनाइ छ । सरकारले यूएसएडका कार्यक्रमहरूमा कुनै वैचारिक समस्या भेट्यो भने तिनीहरूलाई पूर्ण रूपमा बन्द गर्नुको सट्टा सुधार गर्न आवश्यक रहेको उनले बताए ।
जनवरी २० मा ट्रम्प प्रशासनले सत्ता सम्हालेदेखि ८ हजार भन्दा बढी अवैध आप्रवासीहरूलाई समाइसकेको छ । यीमध्ये केहीलाई सङ्घीय जेलहरूमा राखिएको छ भने अरूलाई ग्वान्टानामो बेको नौसेना बेसमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बानेश्वर बहुमुखी क्याम्पस : अखिल क्रान्तिकारीबाट स्ववियु सभापतिको उम्मेदवारमा अधिकारी
-
निटफेस्ट तेस्रो संस्करणमा १२ देशका १७ नाटक
-
दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनको तयारी पूरा, 'प्रधानमन्त्रीसँग युवाहरू–प्रत्यक्ष संवाद' हुने
-
आरआरको स्ववियु सभापतिका उम्मेदवार समिर शाहीले उम्मेदवारी फिर्ता लिए, क्रान्तिकारीलाई राहत
-
निर्यातको सीमा संशोधनपछि सेजमा झुम्मिए उद्योगी
-
अवतरण गर्नै लाग्दा एयर अरेबियाको जहाज ‘मिस एप्रोच ओभरसुट’