सामाजिक सञ्जाल सम्बन्धी विधेयक हुबहु पारित हुँदैन : महामन्त्री थापा

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक हुबहु पारित हुन नसक्ने बताएका छन् । उनले उक्त विधेयकका प्रावधानहरूमा समस्या रहेकाले हुबहु पारित हुन नसक्ने बताए ।
सोमबार चितवन आइपुगेका महामन्त्री थापाले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक हुबहु पारित गर्न नसक्ने बताए । उक्त विधेयक भित्रका प्रावधानहरूमा रहेका समस्या र त्रुटिहरू संशोधन गरिनुपर्ने बताए ।
‘सामाजिक सञ्जाल सम्बन्धी विधेयक हुबहु जस्ताको तस्तै पारित हुँदैन र हुन दिइँदैन । विधेयकमा थुप्रै समस्या छन् । विधेयकका प्रावधानहरू त्रुटिपूर्ण रहेका छन्’ उनले भने– ‘विधेयक २०७५ सालमा पनि गलत थियो । २०८० मा पनि गलत थियो र २०८१ मा पनि गलत छ । त्यसकारण विधेयकमा छलफल सहित संशोधन आवश्यक छ ।’
सरकारको साझेदार दल नेकपा एमालेसँग बसेर छलफल गरेपछि मात्रै विधेयक पारित गर्न सकिने उनले बताए । सामाजिक सञ्जाल नियमनसम्बन्धी महत्त्वपूर्ण विधेयकका विषयमा कांग्रेस र एमालेबिच साझा धारणा आवश्यक रहेको उनले बताए । उक्त विषयका बारेमा छलफल गर्न अन्य पार्टीहरूसँग पनि कांग्रेसले समन्वय गर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्मामा बसेका कर्मचारीको आँखा छलेर मध्यरातमा प्रदेश निजामती विधेयक पारित
-
उत्खननका क्रममा महाभारतकालीन ‘दरबारको जग’ भेटियो
-
बस्तीबाट बेहोस पारेर नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जमा छाडिने
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म