लागू भयो अमेरिकामाथि चीनको ‘टिट–फ–ट्याट’ अतिरिक्त महसुल

बेइजिङ । सोमबार देखि अमेरिकाबाट आयात हुने सामानमा चीनमा अतिरिक्त कर लागेको छ । ‘टिट–फर ट्याट’ अर्थात् जस्तालाई त्यस्तै व्यवहार गर्दै अमेरिकाले आफूमाथि लगाएको अतिरिक्त महसुलको जवाफमा चीनले उसलाई अतिरिक्त महसुल लगाएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अरू देशहरूमाथि पनि अतिरिक्त महसुल लगाउने चेतावनी दिइरहेको स्थितिमा चीनको यस कदमले विश्वका दुई ठुला अर्थतन्त्रबिच व्यापार युद्ध झनै चर्काउने देखिन्छ ।
अमेरिकाले चीनबाट आयातित सबै सामानमा १० प्रतिशत अतिरिक्त कर लगाए लगत्तै बेइजिङले फेब्रुअरी ४ मा अमेरिकाबाट आउने सामानमा पनि अतिरिक्त महसुल लगाएको थियो ।
आइतबार ट्रम्पले अमेरिकामा भित्रिने स्टिल र अल्मुनियममा २५ प्रतिशत अतिरिक्त कर लगाउने घोषणा गरेका थिए । सुपर बाउलमा जाने क्रममा राष्ट्रपतिको विमान एयर फोर्स वनमा पत्रकारहरूसँग बोल्ने क्रममा ट्रम्पले अन्य देशहरूमाथि पारस्परिक अतिरिक्त महसुल लगाउने बताएका थिए ।
चीनले लगाएको पछिल्लो अतिरिक्त महसुलमा अमेरिकाबाट आउने कोइला र तरलीकृत प्राकृतिक ग्यास उत्पादनमा १५ प्रतिशत भन्सार कर पनि छ । अमेरिकाबाट आउने कच्चा तेल, कृषिजन्य मेशिनरी र ठुला इन्जिन भएका कारमा १० प्रतिशत अतिरिक्त महसुल छ । केही दुर्लभ धातुमा चीनले २५ प्रतिशत निर्यात कर पनि लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीमा एक प्रकारले हतास मनस्थिति देखिएको छ : अग्नि सापकोटा
-
नेपालको राष्ट्रिय फल ‘सुन्तला’ ठुलो परिमाणमा आयात, १ अर्ब बाहिरियो
-
पुटिनले ट्रम्पलाई उपहारमा पठाएका थिए यो तस्बिर
-
एनआरएनएको एकता महाधिवेशन सार्न परराष्ट्रले गरेको पत्राचार गैरकानुनीः अधिवक्ता घिमिरे
-
आईएमएफले घटायो भारतको वृद्धि प्रक्षेपण
-
तीनकुने घटनामा पक्राउ परेका थप १० जना हाजिर जमानीमा रिहा