कोरियाबाट फर्किएर व्यवसाय गर्ने पाँच व्यवसायी पुरस्कृत
![कोरियाबाट फर्किएर व्यवसाय गर्ने पाँच व्यवसायी पुरस्कृत](https://npcdn.ratopati.com/media/news/korean-returnee-nepali-prize-photo_jIO3pa1Izf.jpg)
काठमाडौँ । कोरियाबाट फर्किएर नेपालमै व्यवसाय गरिरहेका पाँच जना व्यवसायी पुरस्कृत भएका छन् ।
कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) को आर्थिक सहयोगमा पाँच जना नवप्रर्वतन व्यवसायीलाई पुरस्कार तथा आर्थिक सहयोग प्रदान गरिएको हो । त्यसका लागि ‘कोरियाबाट फर्किएका नवप्रवर्तकहरूको प्रदर्शनी’ आयोजना गरिएको थियो ।
प्रदर्शनीमा ९ वटा व्यवसायीले आफ्नो उद्यमी सोचबारे प्रस्तुति दिएका थिए । तीमध्ये पाँच जना व्यवसायीलाई उत्कृष्ट ठह¥याउँदै पुरस्कार प्रदान गरिएको हो ।
कोरियामा प्राप्त सिप, ज्ञान, पुँजी र अनुभवलाई नेपाल फर्केपछि कसरी उपयोग गरे भन्ने विषयमा उनीहरूले आफ्नो कथा प्रस्तुत गरेका थिए । तीमध्ये पाँच उत्कृष्ट उद्यमीलाई विजेता घोषणा गरिएको हो ।
पहिलो (ग्राण्ड) पुरस्कार सन्तोष दाहाललाई प्रदान गरिएको थियो । उनले मूल्य अभिवृद्धि गरिएका स्वदेशी बालीहरू प्रवर्द्धन गर्ने नवीन व्यवसाय विस्तार परियोजना प्रस्तुत गरेका थिए । उनलाई पाँच लाख रूपैयाँ पुरस्कार प्रदान गरिएको हो ।
त्यस्तै दोस्रो पुरस्कार दिल बहादुर तामाङलाई प्रदान गरिएको थियो । उनले आधुनिक कोरियन मासु पसल तथा प्रशोधनसम्बन्धी आफ्नो अवधारणा प्रस्तुत गरेका थिए । उनलाई तीन लाख रूपैयाँ बराबरको पुरस्कार प्रदान गरिएको थियो ।
तेस्रो पुरस्कार स्थान राजेन्द्र बस्याललाई प्रदान गरिएको थियो । उनले ‘सस्तो घर’ पसल अघि सारेका थिए । यो घर कोरियन प्रविधि र सामग्री प्रयोग गरेर कम लागतमा निर्माण गरिएको हो । उनलाई दुई लाख रूपैयाँ बराबरको पुरस्कार प्रदान गरिएको हो ।
त्यस्तै चौथो र पाँचौँ हुनेलाई जनही १÷१ लाख रूपैयाँ बराबरको पुरस्कार प्रदान गरिएको हो ।
ग्राण्ड पुरस्कार विजेतासहित शीर्ष उद्यमीहरूलाई व्यवसाय विकास कोष प्रदान गरिएको छ, जसअन्तर्गत उनीहरूको व्यवसायलाई सहयोग पु¥याउन ५ लाख रूपैयाँ बराबरको अनुदान तथा बिउ पुँजी उपलब्ध गराइएको छ ।
कोरियाबाट नेपाल फर्किएका आप्रवासी उद्यमीहरूको नवीन सोचलाई प्रवर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।
पहिलो स्थान विजेता सन्तोष दाहालले आफूले सञ्चालन गरिरहेको रसिलो एग्रिकल्चर एक व्यवसायमात्र नभएर अभियान नै भएको बताए । नेपालको कृषि क्षेत्रको विकासमा सहकार्य गर्दै अगाडि बढेको बताउँदै सुनौला अवसर प्रदान गरेकोमा उनले धन्यवाद दिए ।
कोरियाका लागि नेपाली राजदूत ताए–यङ पार्कले नवप्रवर्तकहरूलाई बधाइ दिँदै हरेक थोपाले नदीको प्रवाहमा योगदान गर्ने बताए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव निश्चलराज पाण्डेले फर्किएका नवप्रवर्तकहरूलाई जहाँ आवश्यक पर्छ, त्यहाँ मन्त्रालयले सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यो कार्यक्रम कोइकाको ‘नेपालमा फर्किएका आप्रवासी श्रमिकहरूको स्थिर पुनर्स्थापना लागि बहुस्तरीय सहयोग प्रणाली सुदृढ गर्ने परियोजना’ अन्तर्गत भएको हो ।
परियोजनाको पहिलो समूह २०२४ मा सुरु भएको थियो र यो २०२८ सम्म पाँच वर्ष सञ्चालन हुनेछ । कोइकाले कोरियाबाट फर्किएका व्यक्तिहरूको स्थिर पुनः एकीकरणका लागि ८ मिलियन अमेरिकी डलर बजेटसहित २०२२ देखि २०२८ सम्मको लागि परियोजना सुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता
-
आपत्कालीन कोषमा योगदान गरेकामा डब्लुएचओबाट नेपाललाई धन्यवाद ज्ञापन