मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यसकारण सार्वजनिक सवारी साधन चढ्छन् आमिर पुत्र जुनैद

सोमबार, २८ माघ २०८१, १२ : ००
सोमबार, २८ माघ २०८१

नयाँ दिल्ली । बलिउड अभिनेता आमिर खानका छोरा जुनैद खान यतिबेला आफ्नो फिल्म ‘लभयापा’ को कारणले चर्चामा छन् । अभिनेत्री श्रीदेवीको कान्छी छोरी खुशी कपूर लवयापामा जुनैद खानको अपोजिटमा छिन् ।

जुनैद एक सुपरस्टारका छोरा भए पनि उनी सामान्य जीवनशैली अपनाउँछन् । प्रायः सार्वजनिक यातायातबाट यात्रा गर्छन् । 

जुनैद खानले आफू प्रायः सार्वजनिक यातायातबाट यात्रा गर्ने गरेको बताएका छन् । र यसको लागि उनीसँग एउटा मान्य कारण पनि छ । आफूलाई व्यावहारिक जीवन मन पर्ने उनको भनाइ छ । मुम्बईको ट्राफिक जाममा सवारी साधनहरू फसेका हुन्छन् ।

अटोबाट सजिलै जहाँ पनि जान सकिने उनी बताउँछन् । जुनैदले लोकल रेलबाट यात्रा गर्छन् । लभयापाको छायांकन सकेर उनी रेलबाट घर फर्किएको भिडियो भाइरल भएको थियो । 

ट्राफिक जाममा फस्न चाहँदैनन् जुनैद

ठगेश शो मा कुरा गर्दै हास्य कलाकार आदित्य कुलश्रेष्ठले जुनैद खानले मीरा रोडबाट बान्द्रासम्म रेलबाट यात्रा गरेको बताए । निर्माण टोलीले उनलाई यात्राको लागि सवारी साधन उपलब्ध गराउँथे । तर चुनावको मतगणना चलिरहेकोले बाटोमा निकै जाम हुँदा एक पटक आफू रेलमा चढेको उनले बताए । ‘बाटोमा निकै जाम थियो, त्यसैले मैले रेल चढेँ । ३ घण्टा ट्राफिकमा को बस्छ ? म व्यावहारिक कुराहरू बताइरहेको छु,’ उनले भने । 

जुनैद खान फिल्म ‘लवयापा’ मा देखिएका छन् । यो फिल्म फेब्रुअरी ७ मै बक्स अफिसमा रिलिज भएको थियो । फिल्मको स्टारकास्टको कुरा गर्दा, जुनैद खान र खुशी कपूर बाहेक फिल्ममा योगी बाबु, आशुतोष राणा, सत्यराज, किकु शारदा र ग्रुसा कपूरको अभिनय रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप