नेसपा नयाँ शक्तिको निर्वाचन प्रक्रिया दिउँसो ३ बजेपछि सुरु हुने
_XapdCZZExx.jpg)
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा नयाँ शक्ति) को नयाँ नेतृत्वका लागि आजै निर्वाचन प्रक्रिया अगाडि बढाउने भएको छ । आइतबारदेखि प्रज्ञाभवन कमलादीमा सुरु भएको पार्टीको प्रथम महाधिवेशनमा निवर्तमान अध्यक्ष डा. बाबुराम भट्टराईले ‘नयाँ युगको नयाँ कार्यभार : वैकल्पिक राजनीतिको औचित्य र आधार’ सम्बन्धी राजनीतिक र साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए ।
भट्टलाईले पेस गरेको प्रतिवेदनमाथि दोस्रो दिनको बन्द सत्रमा समूहगत छलफल भइरहेको केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेलले जानकारी दिए । उनका अनुसार अहिले १२ वटा समूहमा समूहगत छलफल भइरहेको र दिउँसो ३ बजे समूहबाट आएका प्रश्नको जवाफ दिएपछि प्रतिवेदन पारित हुनेछ । त्यसपछि निर्वाचन समितिले चुनावी प्रक्रिया अगाडि बढाउने पोखरेलले जानकारी दिए ।
११ जना पदाधिकारी, ९९ केन्द्रीय सदस्य र केन्द्रीय निकायका पदाधिकारी सबै निर्वाचन प्रक्रियाबाट चुनिने उनले बताए । नयाँ नेतृत्व छनोट गरी मङ्गलवार महाधिवेशन सम्पन्न हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युनिटी ठगी प्रकरण : संलग्नलाई कैद, पीडितलाई कम्पनीको सम्पत्ति बेचेर भुक्तानी गरिने
-
वीरगञ्जमा पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही माग
-
हङकङलाई हराउन नेपालले ११६ रन बनाउनुपर्ने, युवराजले लिए ४ विकेट
-
एन्टी बायोटिक औषधिको असर घट्दा गइसक्यो ३० लाख बच्चाको ज्यान
-
सगरमाथा क्षेत्रमा पर्यटक आगमन वृद्धि : चैतमा १२ हजार भित्रिए
-
पदक विजेता बक्सिङ खेलाडीलाई स्वागत, तस्बिरहरू