तिरुपति प्रसाद काण्डमा चार मुख्य अभियुक्त पक्राउ
![तिरुपति प्रसाद काण्डमा चार मुख्य अभियुक्त पक्राउ](https://npcdn.ratopati.com/media/news/tirupati-prasad_0qDQVhceSY.png)
नयाँ दिल्ली । तिरुपति मन्दिरमा प्रसादको रूपमा चढाइने लड्डुमा मिसावट गरिएको घिउ प्रयोग गरेको घटनामा विशेष अनुसन्धान टोलीले चार मुख्य अभियुक्तलाई पक्राउ गरेको छ । सर्वोच्च अदालतको आदेशपछि सीबीआईको निरीक्षणमा एसआईटी गठन गरिएको थियो ।
बीबीसी तेलुगुका अनुसार एसआईटीले विपिन जैन (४५ वर्ष) र पोमिल जैन (४७ वर्ष) लाई पक्राउ गरेको छ । उनीहरू दुवै जना उत्तराखण्डको रुडकीमा रहेको भोलेबाबा अर्गानिक डेरीका निर्देशक हुन् ।
यसबाहेक तिरुपति जिल्लाको वैष्णवी डेरी स्पेशलिटीज लिमिटेडका सीईओ अपूर्व विनायकान्त चावडा (४७ वर्ष) र तमिलनाडुको डिन्डिगुलमा रहेको एआर डेरीका प्रबन्ध निर्देशक राजु राजशेखरन (६९ वर्ष)लाई पनि पक्राउ गरिएको छ ।
घिउमा मिसावट भइरहेको समयमा विपिन जैन र पोमिल जैन वैष्णवी डेरीका निर्देशक रहेको रिमान्ड रिपोर्टमा भनिएको छ । चारै जना अभियुक्तहरूलाई आइतबार दिउँसो पक्राउ गरेर अलिपिरी (तिरुपति)स्थित एसआईटी कार्यालयमा ल्याइएको थियो ।
रिमान्ड रिपोर्ट तयार भएपछि कडा सुरक्षाबिच चारै जना अभियुक्तहरूलाई स्वास्थ्य परीक्षणको लागि रुइया अस्पताल लगिएको थियो । यसपछि, यस मुद्दाका अनुसन्धान अधिकारी अतिरिक्त एसपी वेंकट रावले चारै जना अभियुक्तहरूलाई अतिरिक्त न्यायिक मजिस्ट्रेट प्रवीण कुमारको घरमा लगे । न्यायिक अधिकारीले चारै जना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता
-
आपत्कालीन कोषमा योगदान गरेकामा डब्लुएचओबाट नेपाललाई धन्यवाद ज्ञापन
-
जापानले स्वास्थ्य क्षेत्रमा २० हजार नेपाली कामदार लैजाने