स्टील र आल्मुनियममा ट्रम्पले लगाए २५ प्रतिशत अतिरिक्त कर
![स्टील र आल्मुनियममा ट्रम्पले लगाए २५ प्रतिशत अतिरिक्त कर](https://npcdn.ratopati.com/media/news/trump_cKOBIRkRfr.png)
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्तामा आएदेखि नै नयाँ नयाँ घोषणा गरिरहेका छन् । उनका घोषणाले अमेरिकालाई मात्रै होइन, सारा विश्वलाई प्रभाव पारिरहेको छ । अब ट्रम्पले स्टील र आल्मुनियमको आयातमा २५ प्रतिशत अतिरिक्त महसुल लगाउने घोषणा गरेका छन् । ट्रम्पले यस सम्बन्धमा चाँडै आधिकारिक घोषणा गर्ने बताइएको छ ।
आइतबार राष्ट्रपतिको आधिकारिक विमान एयर फोर्स वानमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले विभिन्न देशहरूमा पारस्परिक अतिरिक्त महसुल लगाउने बताए । उनले कुन–कुन देशमाथि यस्तो महसुल लगाइने भनेर चाँहि भनेका छैनन् । तर, जुन देशले अमेरिकामा बढी कर लगाउँछ, त्यो देशमा पनि उती कर लगाइने उनको भनाइ थियो । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पनि आयातित स्टीलमा २५ प्रतिशत र आल्मुनियममा १० प्रतिशत अतिरिक्त महसुल लगाएका थिए ।
यी देशहरू हुनेछन् प्रभावित
स्टील र आल्मुनियममा अतिरिक्त महसुल लगाउने ट्रम्पको निर्णयबाट सबैभन्दा बढी प्रभावित हुने देशहरूमा क्यानडा, मेक्सिको र ब्राजिल पर्दछन् । तथ्याङ्क अनुसार, अमेरिकाले आफ्नो अधिकांश स्टील क्यानडा, ब्राजिल र मेक्सिकोबाट आयात गर्छ । यी बाहेक, अमेरिकाले दक्षिण कोरिया र भियतनामबाट पनि स्टील आयात गर्छ ।
यसैले ट्रम्पको कर लगाउने निर्णयबाट यी देशहरू सबैभन्दा बढी प्रभावित हुने विश्लेषण गरिएको छ । यसमा पनि विशेष गरी क्यानडा पर्नेछ । २०२४ को पहिलो ११ महिनामा, अमेरिकाले आफ्नो मागको करीब प्रतिशत स्टिल क्यानडाबाट आयात गरेको थियो । अमेरिकाले अधिकांश आल्मुनियम चाहिँ मेक्सिकोबाट ल्याउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता
-
आपत्कालीन कोषमा योगदान गरेकामा डब्लुएचओबाट नेपाललाई धन्यवाद ज्ञापन