इन्टरनेशनल लिग टी–२० : क्यारेबियन ब्याट्सम्यानहरु चम्किएपछि दुबई क्यापिटल्सले उपाधि उचाल्यो

काठमाडौँ । फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्टरनेशनल लिग टी–२० को उपाधि दुबई क्यापिटल्सले जितेको छ । दुबई क्यापिटल्सले आइतबार राति दुबईमा खेलिएको फाइनल खेलमा डेजर्ट भाइपर्सलाई चार विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको डेजर्ट भाइपर्सले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ८९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको दुबई क्यापिटल्सले भने १९.२ ओभरमा ६ विकेट गुमाएर एक सय ९१ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो ।
दुबई क्यापिटल्सको जितमा रोभमन पोवेलले उत्कृष्ट अर्धशतकीय पाली खेले । वेस्ट इन्डिजका खेलाडी पोवेलले ६३ रन बनाए । आक्रामक रूपमा प्रस्तुत भएका उनले केबल ३८ बलमा तीन छक्का र सात चौका पनि हिर्काए । ओपनर ब्याट्सम्यान साई होपले पनि टोलीका लागि ४३ रनको योगदान गरे ।
क्यारेबियन खेलाडी होपले ३९ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काए । सिकन्दर राजाले पनि टोलीको खातामा अविजित ३४ रन थपे । सातौँ नम्बरमा क्रिज समाल्न आएका जिम्बाबेका खेलाडी सिकन्दर राजाले केवल १२ बलमा एक छक्का र पाँच चौका प्रहार गरे ।
दासुन सानकाले पनि टोलीका लागि २१ रनको योगदान गरे । उनले १० बलमा दुई छक्का हिर्काए । दुबई क्यापिटल्सले अतिरिक्त रूपमा पनि १५ रन पायो । डेजर्ट भाइपर्सका बलर मोहम्मद आमिर र डेभिड पायनले दुई–दुई विकेट लिए ।
त्यसअघि, डेजर्ट भाइपर्सका लागि म्याक्स होल्डेन र कप्तान साम कर्रनले उत्कृष्ट अर्धशतकीय पाली खेलेका थिए । तर, यी दुई प्रभावशाली ब्याट्सम्यानको अर्धशतक निरर्थक साबित भयो । म्याक्सले ७६ रन बनाएका थिए । उनले ५१ बलमा १२ चौका हिर्काए ।
कप्तान सामले पनि अविजित ६२ रन बनाएका थिए । उनले केवल ३३ बलमा तीन छक्का र पाँच चौका प्रहार गरे । विकेटकिपर ब्याट्सम्यान आजम खानले २७ रन बटुले । रोभमन पोवेल म्यान अफ दि म्याच घोषित भए । साम कर्रन म्यान अफ दि सिरिज घोषित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छली र तस्करीमा सघाउन घुस खाने प्रहरीका सई पक्राउ
-
आईपीएलको सातौं खेलमा लखनउ विजयी, सनराइजर्स ५ विकेटले स्तब्ध
-
मातृशिशु मृत्युदर घटाउने अभियान सुरु
-
१२ बजे, १२ समाचार : चैत २१ देखि आन्दोलनलाई सशक्त बनाउने राजावादीको घोषणादेखि शिक्षा समिति सभापतिलाई शिक्षकले झम्टेसम्म
-
राजावादीको पत्रकार सम्मेलनअघि दुर्गा प्रसाईंले भेटे ज्ञानेन्द्र शाह
-
चैत २१ गतेदेखि आन्दोलनलाई सशक्त बनाउँदै लैजाने राजावादीको घोषणा